+
+

धेरै पछि भेट भएका साथी, घुम्न जाँदा बाटैमा मृत्यु

यज्ञ खत्री यज्ञ खत्री
२०७९ माघ ८ गते १६:३५

८ माघ, सुर्खेत । शनिबार कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालयलले शनिबार सुर्खेतको वीरेन्द्रनगरमा तीन दिने समीक्षा गोष्ठी आयोजना गरेको थियो ।

गोष्ठीमा भाग लिन आएका थिए, दैलेखको भगवतीमाई गाउँपालिका–५ का ३१ वर्षीय बबिन शाही, भैरवी गाउँपालिका–५ का वीरेन्द्रराज शाही, डुङ्गेश्वर गाउँपालिका–३ का ३३ वर्षीय दीपेन्द्रजंग शाही र गुराँस गाउँपालिका–३ का ३६ वर्षीय राजेन्द्र बिसी । उनीहरु चारै जना आआफ्नो स्थानीय तहको स्वास्थ्य शाखाका संयोजक हुन् ।

उनीहरुका साथी भैरवी गाउँपालिका दैलेखका २७ वर्षीय सागर शाही सुर्खेतको वीरेन्द्रनगरमै रारा मेडिकल सप्लार्यस नामक पसल सञ्चालन गर्थे । पाँच जना मिल्ने साथीहरुको भेट लामो समयपछि वीरेन्द्रनगरमा भएको थियो ।

उनीहरूले वीरेन्द्रनगरदेखि ३० किलोमिटर टाढा रहेको छिन्चु गएर रमाइलो गर्ने योजना बनाए र त्यसतर्फ गए । त्यहाँ दिनभर घुमेर होटेलमा बसे । बिहानै वीरेन्द्रनगरमा कार्यक्रम भएकाले रातिनै फर्किने योजना बनाए ।

सोही गाडीमा सवार वीरेन्द्रराज शाही भन्छन्, ‘बाक्लो हुस्सु लागेको थियो, गाडी स्पिडमा पनि थिएन । गीत सुन्दै हिँडिरहेका थियौं । एक्कासी के भयो थाहै भएन, गाडी खसेपछि म सडकको साइडतिर परेछु ।’

दुर्घटनामा घाइते भएका वीरेन्द्रले थपे, ‘जसोतसो उठेर प्रहरीलाई फोन गरेको याद छ, त्यसपछि कहाँ के भयो, मलाई नै थाहा छैन ।’

उनीहरु सवार बा.प्र.०१०२६च.९२१३ नम्बरको जिप आइतबार बिहान साढे २ बजे सुर्खेत्को झुप्रा खोला नजिक दुर्घटनामा पर्‍यो । प्रहरीका अनुसार गाडी सडकदेखि करिब २० मिटर तल खसेको थियो । सोही दुर्घटनामा वीरेन्द्रसँगै रहेका उनका साथीहरु सागर शाही, बबिन शाही, दीपेन्द्रजंग शाही र गुराँस गाउँपालिकाका राजेन्द्र बिसीले ज्यान गुमाए ।

उनीहरुको उपचारका क्रममा कर्णाली प्रदेश अस्पताल कालागाउँमा मृत्यु भएको जिल्ला प्रहरी कार्यलय सुर्खेतका डीएसपी सुरज कार्कीले जानकारी दिए । वीरेन्द्रलाई भने उपचारका लागि काठमाडौं पठाइएको डीएसपी कार्कीले बताए ।

स्वास्थ्य सेवा कार्यालय दैलेखले चार जना युवा स्वास्थ्यकर्मीको निधनले दैलेखको स्वास्थ्य क्षेत्रमा ठूलो क्षति पुगेको जनाएको छ । त्यस्तै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समेत मृतकप्रति श्रद्धासुमन व्यक्त गरेका छन् ।

लेखकको बारेमा
यज्ञ खत्री

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?