+
+

विन्डोज होइन माइक्रोसफ्टको आम्दानीको प्रमुख स्रोत

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ ८ गते १९:१०

माइक्रोसफ्ट, एप्पल, अमेजन, गुगल जस्ता विश्वस्तरीय ठूला प्रविधि कम्पनीका आम्दानीको बारेमा हामीले धेरै सुन्दै आएका छौं । के तपाईंलाई यी कम्पनीहरुको आम्दानीको तथ्यांकका बारेमा थाहा छ ?

एप्पल कम्पनीको आम्दानीको अधिकांश हिस्सा हार्डवेयर प्रोडक्टबाट आउँछ । गुगलको अधिकांश आम्दानी इन्टरनेट तथा सफ्टवेयर र विज्ञापनबाट हुने गरेको छ भने माइक्रोसफ्ट कम्पनीको भने आम्दानीका विभिन्न स्रोत छन् ।

माइक्रोसफ्टले केवल सफ्टवेयर मात्र होइन, विभिन्न डिभाइसका साथै विन्डोज र क्लाउड सर्भिसबाट पनि कमाउँदै आएको छ । धेरै मानिसलाई भने माइक्रोसफ्टको मुख्य आम्दानीको स्रोतको रुपमा रहेको क्लाउड सर्भिसका बारेमा थाहा नै नहुन सक्छ ।

स्मार्टफोन बजारमा फ्लप

सत्य नाडेलाले जब माइक्रोसफ्ट कम्पनीको सीईओको कुर्सी सम्हाले, त्यतिबेला कम्पनीसामु धेरै चुनौतीका चाङ थिए । विन्डोज फोनको बजार झण्डै शून्य भइसकेको थियो । स्मार्टफोन बजारमा कम्पनीको प्रवेशको प्रयासमा जबरजस्त झट्का लागेको थियो । कुनैबेला जनरल मोटर्सले भोगेको नियति माइक्रोसफ्टले पनि भोग्ने अनुमान गर्न थालिएको थियो ।

तर माइक्रोसफ्टले आफ्नो मार्केटिङ रणनीतिमा परिवर्तन गर्‍यो र पुनः उठ्यो । माइक्रोसफ्टले स्मार्टफोन व्यवसायमा कुनै चमत्कार त गर्न सकेन तर उसले आफ्नो क्लाउड सर्भिस र अन्य सफट्वेयर उत्पादन पोर्टफोलियोलाई मजबुत बनायो । अहिले माइक्रोसफ्ट कम्पनीको कुल आम्दानीको सबैभन्दा धेरै अर्थात् ३१ प्रतिशत हिस्सा क्लाउड सर्भिसबाट आउने गरेको छ ।

के हो माइक्रोसफ्टको क्लाउड सर्भिस ?

माइक्रोसफ्ट कम्पनीको क्लाउड सर्भिसलाई Microsoft Azure को नामले चिनिन्छ । यो एक क्लाउड कम्प्युटिङ प्लाटफर्म तथा संरचना हो जसले विश्वभरका व्यवसायहरुलाई एप्लिकेसन निर्माण गर्न, त्यसलाई कार्यान्वयन गर्ने तथा व्यवस्थापन गर्ने सुविधा प्रदान गर्छ  । यति मात्र होइन यसले भर्चुअल मेसिन, स्टोरेज तथा डाटाबेसको सुविधा पनि दिन्छ ।

माइक्रोसफ्ट कम्पनीको आम्दानीको २४ प्रतिशत हिस्सा अफिस प्रडक्टबाट हुने गरेको छ । अप्ठेरो समयमा पनि अफिस प्रडक्टले माइक्रोसफ्टलाई बजारमा टिकिरहन सहयोग गरेका थिए । अहिले तपाईंले सामसुङ तथा अन्य ब्राण्डका फोनमा समेत माइक्रोसफ्टको अफिस प्रडक्ट देख्न सक्नुहुन्छ । यो भनेको कम्पनीका सीईओ सत्य नाडेलाको सफलता हो । साथै कम्पनीले आफ्नो भर्चुअल मिटिङ सफ्टवेयर माइक्रोसफ्ट टिम्सलाई पनि निकै बलियो बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?