+
+

मन्त्री खानलाई प्रधानमन्त्रीको आश्वासन : उद्योग मन्त्रालय नै दिलाउँछु

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ ८ गते २०:११

८ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनमत पार्टीलाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय नै दिने आश्वासन दिएका छन् ।

उद्योग मन्त्रालय दिने सहमति भएपछि जनमतले अब्दुल खानलाई सरकारमा पठाएको थियो । ११ पुसमा विना विभागीय मन्त्रीको शपथ लिएका अब्दुललाई ३ माघमा मन्त्रिपरिषद् विस्तार गर्दा खानेपानी मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

तर खानले जिम्मेवारी सम्हालेका छैनन् । प्रधानमन्त्री प्रचण्डले आइतबार मन्त्री खानलाई बोलाएर छलफल गरेका थिए ।

आइतबार साँझ बसेको पार्टीको बैठकमा खानले गरेको ब्रिफिङअनुसार प्रधानमन्त्रीले छिट्टै सहमति अनुसारकै मन्त्रालय दिलाउने आश्वासन दिएका छन् ।

जनमत पार्टीका एक पदाधिकारी भन्छन्, ‘पूर्वसहमतिअनुसार उद्योग मन्त्रालय पाए सरकारमा सहभागितालाई निरन्तरता दिन्छौं, नभए सरकार छाड्ने कुराकानी भएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?