+
+

क्यालिफोर्नियाको डान्स क्लबमा गोली चल्दा १० जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ ९ गते ८:१४

९ माघ, काठमाडौं । अमेरिकाको क्यालिफोर्नियामा एक बन्दुकधारीले १० जनाको हत्या गरेका छन् ।

क्यालिफोर्नियाको लस एन्जलस सहरको एक डान्स क्लबमा ती व्यक्तिले गोली चलाउँदा १० जनाको मृत्यु भएको त्यहाँका अधिकारीहरूले बताएका छन् ।

मृत्यु हुनेमा पाँच जना महिला र पाँच जना पुरुष रहेका छन् । घटनामा अन्य १० जना व्यक्ति घाइते भएका छन् । उनीहरूमध्ये केहीको अवस्था गम्भीर छ ।

उक्त क्लबमा गोली चलाएका ती व्यक्तिले नजिकैको अर्को क्लबलाई पनि निसाना बनाएका थिए । तर त्यहाँबाट सेतो भ्यानमा भाग्दै गर्दा उनलाई सशस्त्रको टोलीले घेरा हालेको थियो ।

घटना गराउने व्यक्ति ७२ वर्षीय हुउ क्यान ट्रान हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?