+
+

गुगल म्यापबाट यसरी पत्ता लगाउन सकिन्छ प्रदूषण र हावाको गुणस्तर

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ ९ गते १८:२३

९ माघ, काठमाडौं । गुगलको लोकप्रिय सर्भिस गुगल म्याप्स केवल मानिसहरुलाई एक ठाउँबाट अर्को ठाउँमा पुग्नका लागि मार्गदर्शन गर्ने नेभिगेसन एप मात्र होइन ।

यसले गन्तव्यमा छिटो भन्दा छिटो पुग्न सहयोग गर्दछ र बाटोमा रहेका ट्राफिक सम्बन्धी विवरण, पार्किङ सम्भाव्यता लगायतका कुराहरुको पनि जानकारी गराउँदछ ।

र, पछिल्लोपटक गुगलको आफ्नो म्याप एपमा थप अपडेट गर्दै नयाँ सुविधा समेत उपलब्ध गराएको छ । अर्थात् गुगल म्यापबाटै कुनैपनि ठाउँको हावाको गुणस्तर थाहा पाउन सकिन्छ ।

गुगल म्यापबाट प्रयोगकर्ताले आफ्नो वरपरको ठाउँ वा आफु जान लागिरहेको गन्तव्यको हावाको गुणस्तरबारे जानकारी प्राप्त गर्न सक्दछन् । एकवर्ष अगाडि नै घोषणा गरेको उक्त फिचरलाई गुगल म्यापले केही महिना अगाडिबाट मात्रै सुरु गरेको हो ।

गुगल म्यापबाट हावाको गुणस्तर तथा वायु प्रदूषणको स्तर कसरी थाहा पाउने ? यसका लागि सबैभन्दा पहिले तपाइँले प्लेस्टोर वा एप स्टोरबाट सबैभन्दा पछिल्लो भर्सनको गुगल म्याप्स एप डाउनलोड गर्नु पर्दछ । त्यसपछिः

  • आफ्नो स्मार्टफोन वा ट्याबलेटमा गुगल म्याप्स एप खोल्नुहोस्
  • एपको दायाँ भागमा रहेको Layers आइकनमा थिच्नुहोस्
  • त्यसपछि Air Quality layer छनोट गर्नुहोस् । यसो गर्दा तपाइँले आफ्नो क्षेत्रको हावाको गुणस्तर देख्न सक्नुहुन्छ। एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?