+
+

मेटलाइफ नेपाल पनि एनपीएसमा आबद्ध

ग्राहकलाई भुक्तानी प्राप्त गर्न थप सहज

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ १० गते १२:५१

काठमाडौं । मेटलाइफ नेपाल र नेपाल क्लियरिङ हाउस (एनसीएचएल) बीच भुक्तानी सेवासम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

सम्झौता पत्रमा मेटलाइफका उपाध्यक्ष तथा महाप्रबन्धक निर्मल काजी श्रेष्ठ र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले हस्ताक्षर गरे ।

एनसीएचएलको नेटवर्कमा सबै जसो बैंक वित्तीय संस्थाहरु आबद्ध भएकाले उक्त सम्झौता पश्चात मेटलाइफका ग्राहकहरुलाई प्रिमियम भुक्तानी गर्न तथा प्राप्त गर्न थप सहज हुनेछ ।

मेटालाइफ नेपालले बीमा लेखको भुक्तानी, बीमा दाबी भुक्तानी, एजेन्ट कमिसन, सर्वेयर भुक्तानी, तलब, भेण्डर भुक्तानी, लगायत आफ्ना कारोबारहरु स्वचालित रुपमा गर्न सक्ने संस्थाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

‘हामी सधैँ आफ्ना ग्राहकहरुलाई थप सहज रुपमा सेवा प्रदान गर्ने उपायहरु गरिरहेका हुन्छौं । नेपाल क्लियरिङ हाउससँग भएको यस सम्झौताले ग्राहकहरुलाई प्रिमियम भुक्तानी गर्न थप सहज हुनेछ,’ श्रेष्ठले भने, ‘मेटलाइफबाट बीमा दाबी तथा अन्य भुक्तानी प्राप्त गर्न पनि छिटो र सहज हुनेछ ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?