+
+

१८ माघदेखि आईपीओ निष्कासन गर्दै शुभम् पावर

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ १० गते १३:३७

१० माघ, काठमाडौं । शुभम् पावर लिमिटेडले १८ माघदेखि सर्वसाधारणलाई धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारीमा हेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरेपछि सर्वसाधारण्को लागि निष्कासन गर्न लागेको हो ।

कम्पनीले प्रतिसेयर १०० अंकित मूल्यका ४ लाख ८१ हजार ८२२ कित्ता सेयर सर्वसाधारणहरुमा निष्कासन गर्न लागेको हो। आयोजना प्रभावित स्थानीयले नकिनेको सेयर थप गरेर ५ लाख ८० हजार ५८० कित्ता सेयर सर्वसाधारणमा निष्कासनका लागि छुट्याएको थियो । जसमध्ये ५८ हजार ५८ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई निष्कासन गरेको थियो । यस्तै २९ हजार ३० कित्ता सेयर सामूहिक लगानी कोषलाई र ११ हजार ६१० कित्ता कर्मचारीहरुलाई छुट्याएर बाँकी रहेको सेयर सर्वसाधारणमा निष्कासन गर्न लागेको हो ।

कम्पनीको आईपीओमा २२ माघसम्म आवेदन दिन सकिनेछ भने उक्त अवधिमा पर्याप्त आवेदन नपरेमा भने आवेदन दिने अवधि ३ फागुनसम्म थप हुनेछ । कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतममा ५ हजार कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीको आईपीओ निष्कासनका लागि धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन् ।

कम्पनीले आईपीओ निष्कासनका लागि गराएको रेटिङमा इक्रा नेपालले कम्पनीलाई ‘इक्रा एनपी इस्यूअर रेटिङ डबल बी प्लस’ रेटिङ प्रदान गरेको छ। यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्दछ।

कम्पनीले संखुवासभाको चैनपुर नगरपालिका-९ मा १ साउन २०६८ देखि ९९० किलोवाट क्षमताको पिलुवा खोला साना जलविद्युत आयोजनाबाट विद्युत उत्पादन गरिरहेको छ ।

आयोजनको अनुमानित प्रति मेगावाट लागत निर्माण अवधिको ब्याजसहित १४ करोड ५४ लाख ४५ हजार ३४२ रुपैयाँ छ भने आयोजनाको कुल अनुमानित लागत १४ करोड ३९ लाख ९० हजार ८८९ रुपैयाँ रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?