+
+
Shares

फरार सांसदको विषयमा रवि लामिछानेको जवाफ : केही दिनमै निर्णयमा पुग्छौं

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ १० गते १४:३७

१० माघ, काठमाडौं । उपप्रधानमन्त्री रवि लामिछानेले क्रसर, फरार सांसद र आन्दोलनरत अधिकारकर्मीका विषय एक दुई दिनभित्र सम्बोधन गर्ने बताएका छन् ।

मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यी तीनवटै विषयमा गृह मन्त्रालय संवेदनशील भएर काम गरिरहेको बताएका छन् ।

उनले नतिजा आउन भने समय लाग्ने बताए । ‘क्रसरका विषयमा होस् वा फरार सांसदका विषयमा होस् वा आन्दोलनरत अधिकारकर्मीका विषयमा । गृह मन्त्रालय अत्यन्त संवेदनशील भएर काम गरिरहेको छ । नतिजा आउन समय लाग्ने भएको छ भने राज्यको संयन्त्रलाई चलाइएको छ, गिजोलिएको छ, तिनलाई ट्रयाकमा ल्याउन नसक्दा ढिलो भएको हो, त्यस्ता ठाउँलाई ठीक गरेर केही दिनभित्र निर्णयमा पुग्छौं ।’

हत्या अभियोगमा फरार रहेका लक्ष्मी महतो कोइरी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् र उनी संसद बैठकमा सहभागी भइरहेका छन् । फरार सांसद संसदमै आउँदा पनि गृहमन्त्रीले पक्राउ गर्न नसकेको भन्दै आलोचना भइरहेको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?