+
+

दिनभर जसो घटिरहेको सेयर बजार बढेर बन्द, कारोबार रकम ३ अर्ब ३ करोड

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ १० गते १५:२२

१० माघ, काठमाडौं । मंगलबार दिनभरजसो घटिरहेको सेयर बजार बढेर बन्द भएको छ । मंगलबार ८.१४ अंकले बढेको बजार २१७३.२४ बिन्दुमा पुगेर रोकिएको छ । मंगलबार बजार २१४० सम्म ओर्लिएको थियो । मंगलबार शून्य दशमलव ३८ प्रतिशतले बजार बढेको हो । यस दिन कुल २४८ धितोपत्रको ५२ हजार ४५० वटा कारोबारबाट ८३ लाख १८७ कित्ता सेयर किनबेच भएको छ । मंगलबार ३ अर्ब ३ करोड २३ लाख ३९ रुपैयाँको कारोबार भएको छ । मंगलबार बैंकिङ, इन्भेष्टमेन्ट, उत्पादन तथा प्रशोधन र म्युचुअल फन्ड उपसूचक घटेका छन् ।

सबैभन्दा धेरै वित्त उपसूचकका लगानीकर्ताले कमाएका छन् । मंगलबार सानिमा जीआईसी इन्स्योरेन्स र सूर्योदय वामी लघुवित्तको मूल्य सकारात्मक सर्किट लेबलमा बढ्यो । शिवश्री हाइड्रो, गुहेश्वरी मर्चेन्ट बैंक, मल्टिप्रपोप फाइनान्सको मूल्य समेत धेरैले बढेको छ । मैलुङ खोला जलविद्युतको मूल्य सबैभन्दा धेरै ५.४८ प्रतिशतले घटेको छ ।

मंगलबार नेपाल टेलिकम, शिवश्री हाइड्रो, अपी पावर, अपर तामाकोशी लगायत कम्पनीको धेरै कारोबार भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?