+
+

स्मार्टफोन पानीमा खस्यो, यी गल्ती कहिल्यै नगर्नुस्

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ १० गते १७:२५

काठमाडौं। स्मार्टफोन हाम्रो दैनिक जिवनको अभिन्न अंग बनिसकेको छ । स्मार्टफोन निर्माता कम्पनीहरुले अहिले उच्च गुणस्तरीय वाटरप्रुफ स्मार्टफोनहरु समेत ल्याएका छन् । तर सबै स्मार्टफोन वाटरप्रुफ हुँदैनन् र त्यस्ता स्मार्टफोन पानीमा भिजेपछि बिग्रिन्छन् ।

जब हाम्रो फोन पानीमा खस्दछ वा भिज्दछ तब हामी हतपतमा यस्तो काम गर्छौँ जसका कारण फोन ठीक हुनुको साथो झनै खराब हुन्छ । त्यसैले हामीले फोन पानीमा खस्यो भने विशेष सावधानी अपनाउनु पर्दछ । तपाइँले पनि आफ्नो फोन पानीमा खस्दा यी गल्ती नगर्नुस् :

झुटो नबोल्नुस् : स्मार्टफोन यदि पूर्णरुपमा पानीमा डुबेर बिग्रियो भने त्यस्तो फोनमा बिक्रेताले दिएको वारेन्टी काम लाग्दैन । त्यसैले मानिसहरु बिग्रिएको फोन बनाउनका लागि वारेन्टीको दाबी गर्दै सर्भिस सेन्टर वा बिक्रेताकोमा जाँदा फोन पानीमा भिजेको कुरा लुकाउँछन् । तर त्यसो गर्दा केही फाइदा हुँदैन किनकी फोन मर्मत गर्नेलाई त्यो भिजेर बिग्रिएको कुरा थाहा भैहाल्छ ।

पानी सुकाउन हेयर ड्रायर प्रयोग नगर्नुहोस् : कोही मानिसहरु आफ्नो फोन पानीमा भिज्दा हेयर ड्रायर प्रयोग गरेर सुकाउन थाल्छन् । तर यसो गर्नु हानीकरक हुन्छ । हेयर ड्रायरबाट निस्किने हावा निकै तातो हुन्छ । यसले फोनका कमजोर इलेक्ट्रोनिक पार्टलाई सजिलैसँग क्षति पूराउँदछ ।

फोन भिजेपछि त्यसलाई चार्ज नगर्नुहोस् : जब तपाइँको फोन पानीमा भिजेका कारण बन्द भएको हुन्छ र अन भैरहेको छैन भने तपाइँले त्यसलाई खोल्नका लागि भन्दै चार्ज नगर्नुहोस् । यदि तपाइँले भिजेको फोनमा चार्जर जोडेर चार्ज गर्नुभयो भने शट सर्टिक भएर भित्री पाटपुर्जा क्षतिग्रस्त हुने जोखिम धेरै हुन्छ ।

भिजेको फोनलाई अफ गरिराख्नुस् : यदि तपाइँको फोन पानीमा खसेपछि पनि चलिरहेकै छ भने सबैभन्दा पहिले फोनलाई स्वीच अफ गरिदिनुस् । फोन चलिरहेको बेलामा त्यसका सबै पाटपुर्जाले काम गर्ने र भिजेका कारण शर्ट सर्किट हुने जोखिम रहेकाले फोनलाई अफ गरिहाल्नु पर्दछ ।

सिमकार्ड बाहिर नझिक्नुस् : यदि फोन भिजेको छ भने सीमकार्ड ट्रे खोलेर सीमकार्ड बाहिर निकाल्ने काम नगर्नुस् । यसो गर्दा पानी झनै फोनभित्र जाने जोखिम हुन्छ ।

अनावश्यक झट्कार्ने काम नगर्नुस् : फोनभित्र छिरेको पानी बाहिर निकाल्न भन्दै भिजेको फोन झट्कार्ने बानी धेरैको हुन्छ । तर यसो गर्नु हुँदैन । यसले फोनका संवेदनशील पाटपुर्जामा बिग्रिने र पानी उल्टै भित्र छिरेर शट सर्किट हन सक्दछ ।

फोनमा छिरेको पानी सुकाउन भन्दै फोनका ब्याट्री लगायतका पाटपुर्जाहरु आफै निकाल्ने काम नगर्नुहोस् ।

अनावश्यक रुपमा फोनका भोल्यूम, पावर आदि बटनहरु थिच्ने काम नगर्नुहोस् । यसले स्विचमा अड्किएको पानी फोनको भित्री भागमा पुग्ने जोखिम झनै बढ्छ ।

फोनभित्रको ओस सुकाउन भन्दै कसै कसैले मुखबाट स्वास निकालेर फोनमा फुक्ने पनि गर्दछन् । तर यसो गर्नु हानिकारक हुन्छ । यसो गर्दा फोनभित्र आद्रता बढ्ने र अझै ओस बन्ने खतरा हुन्छ । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?