+
+

बिचौलियाको आरोपमा धनुषामा एक जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ १० गते २०:२६

१० माघ, जनकपुरधाम । जिल्ला प्रशासन कार्यालय धनुषामा बिचौलियाको काम गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा जनकपुरधाम उप–महानगरपालिका १६ कपिलेश्वरका ३९ वर्षीय दिपक ठाकुर छन् ।

सेवाग्राहीसँग १५ सय रुपैयाँ लिँदै गरेको अवस्थामा उनलाई मंगलबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता डीएसपी प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए ।

उनका अनुसार नागरिकता, राहदानी (पासपोर्ट) बनाउन आउने सेवाग्राहीहरुलाई कार्यालयका कर्मचारीहरु आफ्नो चिनजानको रहेको र चाँडै काम गराइदिने भनेर जनही तीनहजार रुपैयाँसम्म लिने गरेको गोप्य सूचनाको आधारमा उनलाई पक्राउ गरिएको हो । उनीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?