+
+

भ्रातृ संस्थाको कार्यसमितिको आकार बढाउने देउवाको वचन

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ ११ गते १३:१३

११ माघ, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भ्रातृ संस्थाको केन्द्रीय समितिको आकार बढाएर गठन हुने वचन दिएका छन् ।

भ्रातृ संस्थाको पूर्णताका विषयमा सभापति देउवासँग छलफल गर्न गएका नेता शेखर कोइराला पक्षका तीन पूर्व विद्यार्थी नेताहरु देउवाले भेट्न गएका थिए । सभापति देउवासँग भ्रातृ संस्थाका बारेमा छलफल गर्न बुधबार बिहान रञ्जित कर्ण, सुवास पोखरेल, मनोजमणि आचार्य धुम्बाराही गएका थिए ।

‘नेविसंघ, तरुण दल, किसान संघ र महिला संघको संख्या बढाउने कुरामा सभापतिले सहमति जनाउनुभयो,’ भेटमा सहभागी नेविसंघका पूर्व अध्यक्ष कर्णले भने, ‘प्रदेश कमिटी ल्याउने कुरामा पनि सहमति जनाउनुभयो ।’

२५१ देखि ३०० सम्म हुने गरि नेविसंघको केन्द्रीय समिति बनाउन पूर्व विद्यार्थी नेताहरुले सभापति देउवालाई सुझाव दिएका थिए ।

संख्या बढाउन दिएको सुझावलाई पार्टीभित्र छलफल गर्ने देउवाले बताएका थिए । विधानत नेविसंघको केन्द्रीय समिति १०१ जनाको हुने व्यवस्था छ । तरुण दलको ९५, महिला संघको ८९ र किसान संघको ६९ सदस्यीय केन्द्रीय समिति हुने ती भ्रातृ संस्थाको विधानमा प्रावधान छ ।

कर्णका अनुसार नेता शेखर पक्षलाई ४० प्रतिशत हिस्सेदारी दिने र निर्णय प्रक्रियामा सहभागी गराउने देउवाले वचन दिएका छन् । देउवाको बोली उधृत गर्दै कर्णले भने,‘शेखर कोइरालाको सहमतिबाट मात्रै भागवण्डा हुन्छ ।’

भ्रातृ संस्थालाई छिट्टै पूर्णता दिने र त्यसका लागि पार्टीबाट कुनै व्यक्तिलाई समन्वय गर्न तोकिने समेत देउवाले बताएका थिए । नेविसंघ, तरुण दल, महिला संघ, किसान संघको अध्यक्ष मनोनित गरिएपनि पार्टीले पूर्णता दिन सकेको थिएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?