+
+

राष्ट्रिय सभा उपनिर्वाचनमा कांग्रेसबाट माधवप्रसाद आचार्यले गरे मनोनयन दर्ता

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ ११ गते १५:०५

११ माघ, दाङ । लुम्बिनीमा राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा नेपाली कांग्रेसबाट रोल्पाका माधवप्रसाद आचार्यले उम्मेदवारी दिएका छन् ।

बुधबार दिउँसो साढे २ बजे प्रदेश निर्वाचन कार्यालय दाङमा पुगेर आचार्यले मनोनयन दर्ता गरेका हुन । उनको प्रास्तावकमा बङ्गलाचुली गाउँपालिका उपाध्यक्ष भक्त जिसी र समर्थकमा लमही नगरपालिकाका मेयर जोखबहादुर चौधरी रहेका छ्न ।

कांग्रेसले आज बिहानमात्र आचार्यको नाम टुंगो लगाएको थियो । उनी रोल्पाका पूर्व सभापति हुन् ।

सत्तारूढ दलबाट एमालेका कुमार दसौदीले उम्मेदवारी दिएका छन् ।

राष्ट्रिय सभा सदस्यका लागि माघ २५ गते उपनिर्वाचन हुँदैछ । नेकपा एमालेबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित रुपन्देहीका खिमलाल भट्टराईले राजिनामा दिएपछि रिक्त रहेको उक्त सिटमा उपनिर्वाचन हुन थालेको हो । उपनिर्वाचनका लागि माघको २५ गते घोराहीको कर्मचारी मिलन केन्द्रमा मतदान हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?