+
+

फिल्म ‘ह्यारीकी प्यारी’ गीतमा रोमान्टिक जितु र साम्राज्ञी

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ ११ गते १६:२३

काठमाडौं । माघ २० गतेदेखि प्रदर्शनको तयारीमा रहेको फिल्म ‘ह्यारीकी प्यारी’को नयाँ गीत ‘मीठो मीठो’ सार्वजनिक भएको छ । युग भुसालको संगीत तथा निर्देशक समेत रहेका कपिल रिजालको शब्द रचना रहेको गीतमा सौरभ दास र देवाञ्जली जोशीको स्वर छ ।

गीतको भिडियोमा फिल्मका प्रमुख कलाकारहरु जितु नेपाल र साम्राज्ञी शाह फिचर्ड छन् । यो रोमान्टिक र मर्मस्पर्शी गीतले फिल्मका प्रमुख चरित्रबीच सम्बन्ध स्थापनामा भूमिका खेलेको छ । पहिलोपटक एकैसाथ स्क्रिन सेयर गरेका साम्राज्ञी र जितुको केमेस्ट्री पनि राम्रै देखिन्छ ।

फिल्ममा विजय बराल, लक्ष्मी गिरी, सुवास गजुरेल, नरेश पौड्याल, रञ्जना भट्टराई, समीक्षा पौडेल, रमेश अधिकारी र डिल्लीराम खनालको पनि अभिनय छ । रेखा थापा विशेष भूमिकामा प्रस्तुत छिन् । चिकित्सक समेत रहेका रिजालको यो डेब्यु निर्देशकीय फिल्म हो ।

फिल्मका अन्य गीतमा भोला रिजालको गीत लेखन, शिखर सन्तोष र युग भुसालको संगीत, सपनकुमार राई, सौरभ दास, थोम्सन एन्ड्रयुज, मीना निरौलाको गायन र कविराज गहतराजको नृत्य निर्देशन छ । सुदीप बरालको छायांकन रहेको फिल्मलाई अर्जुन जीसीले सम्पादन गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?