+
+

कर्णालीका हिमाली जिल्लामा भारी हिमपात

यज्ञ खत्री यज्ञ खत्री
२०७९ माघ ११ गते १६:५२

११ माघ, सुर्खेत । कर्णाली प्रदेशका हिमाली जिल्लाहरु तीन दिनदेखि भारी हिमपात भएको छ । जुम्ला, हुम्ला, मुगु, डोल्पा र कालीकोटमा हिमपात भइरहेको छ । अन्य जिल्लाहरुमा पनि वर्षा भइरहेको छ ।

हिमपातले गर्दा हुम्ला, जुम्ला, मुगु र डोल्पा सदरमुकाम सेताम्य देखिएका छन् । मंगलबारदेखि परेको हिउँले घर, आँगन, खेतबारी र बोटविरुवा ढाकिएका छन् । भारी हिमपातका कारण यी जिल्लाहरुमा यातायात र सञ्चार सेवा समेत प्रभावित बनेको छ भने त्यहाँको जनजीवन कष्टकर बनेको छ ।

सडक र विद्युत नपुगेका हिमाली क्षेत्रमा सौर्य ऊर्जाबाट सञ्चालन हुने त्यहाँका फोन सेवा बन्द छन् । हुम्लाको माथिल्लो क्षेत्र, उपल्लो डोल्पा र मध्य डोल्पाको सम्पर्कविच्छेद भएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी माधव श्रेष्ठले जानकारी दिए ।

चिसोका कारण ज्येष्ठ नागरिक, दीर्घरोगी, बालबालिका र ट्युसन पढ्ने विद्यार्थी चिसोबाट बढी प्रभावित भएका छन् । यो वर्ष जुम्लामा पहिलोपटक हिमपात भएको हो । यो हिउँले हिउँदे बालीलाई राम्रो गर्ने किसानहरूले बताएका छन् ।

हिउँदे बाली सप्रिन र उत्पादन वृद्धिका लागि कर्णालीमा पुस, माघमा हिउँ पर्न आवश्यक रहेको किसानहरू बताउँछन् । हिमपातसँगै बढेको चिसोले हिँडडुल गर्न र पशुचौपायालाई दानापानी दिन भने समस्या भएको छ ।

झरी र हिमपातका कारण डोल्पाको हवाई सेवा, विद्युत् र सञ्चार सुविधा प्रभावित भएको छ । सदरमुकाम दुनैका स्थानीय रामचन्द्र न्यौपानेका अनुसार मंगलबारदेखि जुफाल विमानस्थलबाट उडान हुन सकिरहेको छैन । विद्युत र टेलिफोन सेवा समेत अनियमित भएको छ ।

विगतमा मंसिरबाटै हिमपात हुने गरे पनि यस वर्ष ढिलो हिमपात सुरु भएपछि हिमाली क्षेत्रका किसानले लगाएको गहुँ, जौ, अन्य हिउँदे बाली र स्याउका बिरुवालाई फाइदा गर्ने हुम्लाका किसान कृष्ण बहादुर रोकायले बताए ।

लेखकको बारेमा
यज्ञ खत्री

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?