+
+

पत्रकारविरुद्ध जथाभावी लेख्ने स्वास्थ्यकर्मीले मागे माफी

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ ११ गते १७:४०

११ माघ, जनकपुरधाम । समाचार लेखेको निहुमा पत्रकारका विषयमा सामाजिक सञ्जालमा जथाभावी लेख्ने स्वास्थ्यकर्मीले माफी मागेका छन् ।

धनुषाको बटेश्वर गाउँपालिकामा कार्यरत सिनियर अहेब महेश कुमार साहले जिल्ला प्रहरी कार्यालय धनुषामा अनलाइनखबर डटकमका पत्रकार शैलेन्द्र महतोसँग माफी मागेका हुन् ।

स्वास्थ्यकर्मी साहले आफ्नो चरित्रहत्या हुने गरी सामाजिक सञ्जालमा जथाभावी आरोप लगाएर तस्वीरसहित पोस्ट राखेको भन्दै पत्रकार महतोले प्रहरीमा उजुरी दिएका थिए । त्यसपछि प्रहरीले स्वास्थ्यकर्मी साहलाई बुधबार बोलाएको थियो ।

त्यसक्रममा स्वास्थ्यकर्मी साहले आफूले आवेशमा आएर जथाभावी लेख्नु आफ्नो गम्भीर गल्ती भएको स्पवकारेका छन् । उनले आउँदा दिनमा यस्तो गल्ती नदोहोरिने प्रतिवद्धता जनाएका छन् ।

स्वास्थ्यकर्मी साह ११ महिनादेखि तोकेको ठाउँमा नगई बटेश्वर गाउँपालिका कार्यालयमा हाजिर गरिरहेको समाचार अनलाइनखबरमा प्रकाशित भएको थियो । समाचार प्रकाशन भएपछि स्वास्थ्यकर्मी साहले पत्रकारविरुद्ध फेसबुकमा लेखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?