+
+

नेपाल प्राइभेट इक्विटी एसोसिएसनको अध्यक्षमा पाण्डे

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ ११ गते १८:३९

काठमाडौं । नेपाल प्राइभेट इक्विटी एसोसिएसनको अध्यक्षमा सिद्धान्तराज पाण्डे चुनिएका छन् । संघको पहिलो वार्षिक साधारणसभाले पाण्डेलाई अध्यक्षमा चयन गरेको हो ।

नवनियुक्त अध्यक्ष पाण्डेले बिजनेश अक्सिजन (बीओर) बाट प्रतिनिधित्व गरेका छन् ।

यसैगरी संघको सदस्यहरुमा ग्लोबल इक्विटी फण्डका तर्फबाट डा. मनिष थापा, प्रभु क्यापिटलका तर्फबाट दिनेश थकाली, डोल्मा इम्प्याक्ट फण्डका तर्फबाट विद्यावारिधि सिग्देल र ट्रू नर्थ एसोसिएट्सका तर्फबाट निधान श्रेष्ठ चयन भएका छन् ।

हाल संघका विभिन्न विभिन्न १३ वटा प्राइभेट इक्विटी एण्ड भेञ्चर क्यापिटल आवद्ध छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?