+
+

पर्यटन प्रवर्द्धनका लागि अन्तर्राष्ट्रिय सेल्स मिसनमा तीव्रता

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ १२ गते १२:१४

१२ माघ, काठमाडौं । नेपाल पर्यटन बोर्डले कोभिड महामारीपछिको नेपाली पर्यटन क्षेत्रलाई पुनरुत्थान गर्न विभिन्न मुलुकमा सेल्स मिसन सुरु गरेको छ । बोर्डको वार्षिक कार्यक्रमअनुसार विभिन्न मुलुकमा यस्ता कार्यक्रहरु भइरहेको र यसले नेपालको पर्यटनलाई थप चलायमान बनाउने बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मीले बताएका छन् ।

‘बोर्डको वार्षिक कार्यक्रम अनुसार पर्यटन व्यवसायीहरुको सहकार्यमा विभिन्न देशमा सेल्स मिसनका कार्यक्रमहरु शुरु भएको बोर्डले जनाएको छ । यसले नेपालको पर्यटनलाई लयमा फर्काउन सहयोग गर्ने अपेक्षा बोर्डको छ ।

बोर्डले नेपाल एशोसिएसन अफ ट्रावल एण्ड टुर अपरेटर्स (नाट्टा) सँगको सहकार्यमा भारतमा माघ १० गते वाराणसी (वनारस) र ११ गते गोखपुरमा सेल्स मिसन तथा बीटूबी कार्यक्रम सम्पन्न गरेको जनाएको छ । माघ १३ गते लखनउमा कार्यक्रम आयोजना गर्न थालिएको बोर्डको भनाइ छ ।

कार्यक्रममा नेपालका पर्यटन व्यवसायी तथा भारतीय पर्यटन व्यवसायी सहभागी छन् । सेल्स मिसन टोलीमा नेपालका ११ वटा विभिन्न ट्राभल कम्पनी, बुद्ध एयरलाइन्स र लुम्बिनी तथा भैरहवा क्षेत्रका पर्यटन व्यवसायी सहभागी रहेको बताइएको छ ।

गोरखपुर तथा वनारसमा आयोजित दुवै कार्यक्रममा भारतीय पक्षबाट भारतीयहरु नेपाल भ्रमण गर्न चाहिरहेको उल्लेख गर्दै सीमा हुँदै नेपाल प्रवेश गर्ने गााडिहरुको सहज आवात जावत हुनु पर्ने तथा पर्यटका लागि विशेष प्याकेज तयार गर्न व्यवसायीहरुलाई आग्रह गरेका छन् । गोरखपुरमा आयोजित कार्यक्रममा उत्तर प्रदेश पर्यटनका क्षेत्रीय अधिकृत रवीन्द्र कुमारले यस प्रकारका कार्यक्रमले दुवै देशको पर्यटनलाई चलायमान बनाउनु बताए ।

उता, नेपाल पर्यटन बोर्ड र नाटाको सहकार्यमा स्पेनको मडि्रडमा फितुर सम्पन्न भएको छ । जनवरी १८ देखि २२ तारिखसम्म आयोजना गरिएको उक्त कार्यक्रमको अवलोकन गर्दै स्पेनका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकाल नेपाल सबै सिजनको लागि उपयुक्त गन्तब्य भएको भन्दै नेपाल भ्रमणमा आउन आग्रह गरिन् । बोर्ड र स्पेनस्थित नेपाली दुतावासको सहकार्यमा नेपाल प्रमोशन इभेन्ट पनि सम्पन्न भएको बोर्डले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?