+
+

संकटाका पाँच खेलाडीले गरे सम्झौता नवीकरण

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ १२ गते १८:१०

१२ माघ, काठमाडौं । ए डिभिजन क्लब संकटाले पाँच खेलाडीसँग सम्झौता नवीकरण गरेको छ ।

संकटाले अनुभवी खेलाडी रवि सिलवाल र सरोज दाहालसँगै पाँच खेलाडीले सम्झौता नवीकरण गरेको बिहीबार सामाजिक सञ्जालमार्फत जानकारी दिएको हो ।

रवि, सरोजसँगै रोशन पहारी, दिपेन्द्र विक र गणेश हमालले सम्झौता नवीकरणमा हस्ताक्षर गरेका हुन् । नयाँ सिजनको शहिद स्मारक ए डिभिजन लिगका लागि संकटाले यसअघि सात नयाँ खेलाडीलाई भित्र्याइसकेको छ ।

संकटाले लिग जित्ने लक्ष्य राख्दै सुरुमा सुनिल बल, टिकेन्द्र थापा, निशान खड्का, गौतम श्रेष्ठ, सुरज ज्यु ठकुरी, आयुष घलानलाई अनुबन्ध गरेको हो । तर डिफेण्डर गौतम श्रेष्ठ भने लिगअघि नै अष्ट्रेलिया गइसकेका छन् ।

संकटाले विदेशी खेलाडी आन्द्रे बिकलाई पनि अनुबन्ध गरेको छ ।

स्टार खेलाडीहरु भित्र्याएर संकटाले पोखरामा भएको २२औं आहा रारा पोखरा गोल्डकपको उपाधि जितेको थियो भने मकवानपुरमा भएकोबागमती गोल्डकपमा उपविजेता बनेको थियो । आहा रारा गोल्डकपपछि संकटाले मनिष डाँगीलाई पनि अनुबन्ध गरेको छ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?