+
+

मधेश प्रदेशमा हेरफेर गरेरै दिएको कृषि मन्त्रालय स्वीकार्‍यो जनमतले

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ १३ गते १०:१७

१३ माघ, जनकपुरधाम । मधेश प्रदेश सरकारमा सहमति विपरीत हेरफेर गरेर दिएको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय जनमतले स्वीकारेको छ ।

जनमतबाट बिना विभागीय मन्त्री बसन्त कुशवाहाले आज शुक्रबार पदभार ग्रहण गर्ने जनमत संसदीय दलका नेता महेशप्रसाद यादवले जानकारी दिए ।

सामाजिक विकास मन्त्रालय नदिएर कृषि मन्त्रालय दिएपछि असन्तुष्ट बनेको जनमत संसदीय दलको बैठक शुक्रबार बिहान जनकपुरमा बसेको थियो । बैठकले तत्काल कृषि मन्त्रालय नै स्वीकार गर्ने निर्णय गरेको दलका नेता यादवले बताए ।

‘जनमतले समाजिक विकास र कृषि मन्त्रालय लिने सहमति भएको थियो । तर पहिलो चरणमै सामाजिक विकास मन्त्रालय दिनु पर्नेमा हेरफेर गरेर कृषि दियो । हामीले मागेकै मन्त्रालय दिएकोले तत्काल स्वीकार गर्ने हाम्रो निर्णय भएको छ’, उनले भने, ‘अब सामाजिक विकास मन्त्रालयको लागि दबाब दिन्छौं ।’

मधेश सरकारको तश्रो ठूलो दल जनमतका कुशवाहालाई महत्वपूर्ण तीन मध्ये पहिलो चरणमा समाजिक विकास मन्त्रालय दिने दलहरुबीच सहमति भएको थियो ।

जसपाका संजय यादवलाई अर्थ र नेकपा एमालेका सरोजकुमार यादवलाई भौतिक पूर्वाधार मन्त्रालय दिने सहमति बनेको थियो ।

मधेश प्रदेश प्रमुख कार्यालयबाट बिहीबार प्रकाशित विनाविभागीय तीन मन्त्रीको कार्यालय विभाजनमा जनमतका कुशवाहालाई सामाजिक विकास मन्त्रालय नभएर भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय दिएको उल्लेख छ ।

जनमतका दलका नेता महेश प्रसाद यादवले सहमति विपरीत दिएको मन्त्रालय नस्वीकार्ने र बसेर छलफलपछि कसरी अगाडी बढ्ने निर्णय लिने बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?