१३ माघ, काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले अमेरिकी नागरिकता नत्याग्दै नेपाली पासपोर्ट लिएको उनकै वकिलले अदालतमा स्वीकार गरेका छन् ।
लामिछानेको नागरिकता विवादमा सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइका क्रममा न्यायाधीश ईश्वर खतिवडाले नेपाली पासपोर्टबारे प्रश्न गरेका थिए ।
शुक्रबार रविको पक्षमा वरिष्ठ अधिवक्ता नरेन्द्रप्रसाद गौतमले बहस गरिरहेका थिए । न्यायाधीश खतिवडाले, रविले २०१४ मा अमेरिकी नागरिकता लिएको र २०१८ मा मात्र त्यागेकामा कसैको पनि विवाद नभएको बताए । यो तथ्यलाई रविका वकिलहरुले समेत स्वीकार गरेको भन्दै न्यायाधीश खतिवडाले प्रश्न गरे, २०१५ मै नेपाली पासपोर्ट लिन कसरी सम्भव भयो ?’
जवाफमा वरिष्ठ अधिवक्ता गौतमले नेपाली पासपोर्ट लिएपनि प्रयोग नगरेको दाबी गरेका छन् ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4