१५ माघ, काठमाडौं । यू-२२ एसियन बक्सिङ च्याम्पियनसिपमा ऐतिहासिक रजत पदक जितेकी सुष्मा तामाङलाई शिरीष फाउण्डेसनले नगदसहित सम्मान गरेको छ ।
आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा फाउण्डेसनले सुष्मालाई प्रोत्साहनस्वरुप २५ हजार रुपैयाँसहित सम्मान गरेको हो ।
ओलम्पियन पौडी खेलाडी शिरीष गुरुङको नामबाट स्थापित फाउण्डेसनले सुष्मालाई यसअघि एक वर्षका लागि प्रायोजन समेत गरेको थियो ।
गत साता थाइल्याण्डमा भएको प्रतियोगितामा सुष्माले ४८ केजी तौलसमूहको फाइनलमा उज्वेकिस्तानकी फोजिलोभा फार्जोनासँग पराजित हुँदै रजत जितेकी थिइन्
। उनको यो सफलता नेपाल बक्सिङको अहिलेसम्मकै ठूलो अन्तर्राष्ट्रिय उपलब्धि हो ।
प्रतिक्रिया 4