+
+
Shares

विष्णुमायाले १० महिने छोरीलाई भिडबाट जोगाइन्, छोरा गम्भीर घाइते

हरि अधिकारी हरि अधिकारी
२०७९ माघ १५ गते १९:१७

१५ माघ, विराटनगर । शनिबार साँझ करिब ८ बजेतिर धनकुटाको टुँडिखेलमा आयोजित धनकुटा महोत्सव सर्वसाधाणको भिड बाक्लो थियो । गायक प्रमोद खरेल आफ्नो प्रस्तुति दिने तयारी गर्दै थिए ।

खरेलको प्रस्तुति हेर्न आउनेको थामिनसक्नु भिडमा थिइन् धनकुटा नगरपालिका–५ कि विष्णुमाया लिम्बू राई । आफ्नो ७ वर्षे छोरा र १० महिने छोरीसहित महोत्सवमा आएकी उनीसँग परिवारका ८ जना सदस्य पनि थिए ।

घरबाट करिब साढे ७ बजे टुँडिखेल पुगेका उनीहरुले लाइनमा बसेर टिकट काटे । टुँडिखेलको प्रवेशद्वार पुगेलगत्तै पछाडिबाट हुलले धकेल्यो । ७ वर्षे छोरा साथबाट छुटे । १० महिने छोरीलाई च्यापिन् ।

भिडले थिचेपछि लडेकी उनले छोरीलाई हातले जोगाएर गुहार मागिन । भिडले उनलाई किच्यो । त्यही भिडमा रहेका कसैले उनको हातबाट छोरीलाई खोसे । ‘म लडेपछि छोरीलाई नटेकुन भनेर दुई हातले उचालेँ, धन्न कसले मेरो हातबाट खोसेर छोरीलाई स्टेजमा पुर्‍याइदिएछन्’ उनले भनिन्, ‘भिडमा छोरा छुटिहाल्यो, म होसमा आउँदा छोरालाई बेहोस देखेँ ।’ रक्ताम्मे अवस्थामा भेटिएको सात वर्षीय छोरा अभिहाङ लिम्बूको अस्पताल पुगेपछि मात्रै होस आएको उनले बताइन् ।

‘मलाई बाँच्छु जस्तो लागेको थिएन, भिडमा फसेपछि मेरो ज्यान गए जाओस छोरी बचाउँछु भनेर आँट गरे’ उनले भनिन्, ‘छोरीलाई धन्न केही भएन, अरुले जोगाइदिए ।’

विष्णुका आफन्तसहित ६ जना भागदौडमा किचिएर घाइते भएका छन् । घाइतेमध्ये उनका छोरा अभिहाङ लिम्बुको अवस्था गम्भीर छ । उनको विराटनगरको गोल्डेन अस्पतालमा उपचार भइरहेको छ । उनकै देउरानी बुधमायासहित उनका ३ वर्षीय छोरा रोहन लिम्बु पनि घाइते छन् । रोहनको पनि गोल्डेन उपचार भइरहेको छ । बुधमायाको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ । विष्णुमायासहित अन्य सामान्य घाइते छन् । घाइते सबै खतरामुक्त छन् ।

‘हिजो महोत्सवमा पहिलो पटक आएको, तर यस्तो घटना भयो’, उनले भनिन्, ‘आयोजकले एक्कासी पटक गेट नखोलेको भए यस्तो हुने थिएन ।’

महोत्सवमा अत्याधिक भिड बढेपछि आयोजकले एक्कासी प्रवेशद्वारको गेट खोलेको थियो । गेट खोलेपछि बाहिर रहेको भिडभित्र पस्न खोज्दा भागदौड मच्चिएको थियो । पछाडिबाट धकेलेपछि लडेकी विष्णुमायालाई भिडले खिचेको थियो ।

‘भिडले थिछेपछि बेहोस भएछु, भरे एक जना मान्छेले झकझक्याउँदा थाहा पाएँ’, उनले भनिन्,‘मान्छे कता, सामान कता भयो, मेरो झोला पनि भेटिएको छैन ।’ छोराको कुरुवा बसेकी उनले आयोजकको सूचना नदिई एक्कासी गेट लापरबाहीका कारण घटना भएको गुनासो गरिन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
लेखक
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?