+
+

सुनको मूल्य बढ्यो, चाँदीको स्थिर

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ १६ गते ११:०२

१६ माघ, काठमाडौं । सोमबार सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार छापावाल सुनको प्रतितोला मूल्य एक लाख ६ हजार ३ सय, तेवाजी सुनको मूल्य एक लाख ५ हजार ८ सय रुपैयाँ तोकिएको छ ।

आइतबार छापावाल सुनको प्रतितोला मूल्य एक लाख ६ हजार र तेजावी सुनको मूल्य एक लाख ५ हजार ५ सय रुपैयाँ थियो ।

सोमबार चाँदीको कारोबार आइतबारकै मूल्य भइरहेको छ । सोमबार चाँदीको प्रतितोला मूल्य भने १ हजार ३ सय ६५ रुपैयाँ तोकिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?