+
+

काठमाडौंका मेयर बालेन साह र गभर्नर महाप्रसाद अधिकारीबीच भेट

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ १६ गते १५:१८

१६ माघ, काठमाडौं । काठमाडौं महानगरपालिका मेयर बालेन्द्र (बालेन) साह र नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी बीच सोमबार भेट भएको छ । भेटमा स्थानीय सरकार मातहतमा रहेका सहकारी संस्था लगायत वित्तीय संस्थाहरुको नियमन, निरीक्षण लगायतको विषयमा छलफल भएको मेयरको सचिवालयले जानकारी दिएको छ ।

गभर्नर अधिकारीसँगको भेटमा मेयर साहले महानगर आफैंले सहकारीको नियमन गर्नका लागि आफ्नै विभाग र नियमन समिति भएकोले यसलाई थप प्रभावकारी बनाउने विषयबारे जानकारी गराएको सचिवालयले जनाएको छ । पछिल्लो समयमा सहकारीहरुमा देखिएका समस्यामा स्थानीय तहले खेल्नसक्ने भूमिकाको विषय पनि छलफल भएको सचिवालयको भनाइ छ ।

सहकारी तथा वित्तीय संस्थाको दूरगामी नीति/कार्यविधि तर्जुमा गर्ने विषयमा पनि मेयर साह र गभर्नर अधिकारीबीच छलफल भएको महानगरले जनाएको छ ।

वित्तीय समस्या र नीति सम्बन्धी विषयमा आवश्यक समन्वय, सहकार्य र छलफललाई थप बाक्लो बनाउने विषयमा मेयर साहले जोड दिएका थिए ।

काठमाडौं महानगर क्षेत्रमा अहिले १ हजार ९५५ वटा सहकारी रहेको महानगरले जनाएको छ । ती मध्ये १ हजार ६२८ वटा बचत तथा ऋण सहकारी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?