+
+

पर्यटनमन्त्री र फ्रान्सेली राजदूतबीच भेट

नेपालको हवाई क्षेत्रलाई ईयूको कालोसूचीबाट हटाउन पहल गरिदिनूस्

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ १६ गते १७:१३

१६ माघ, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले नेपालको हवाई उड्डयन क्षेत्रलाई युरोपेली युनियन (ईयू) को कालोसूचीबाट हटाउन पहल गरिदिन नेपालका लागि फ्रान्सका राजदूत एचई गिल्ससँग आग्रह गरेका छन् । सोमबार मन्त्रालयमा भएको भेटमा मन्त्री किरातीले यस्तो आग्रह गरेका हुन् ।

१ माघमा पोखरामा भएको जहाज दुर्घटनापछि कालोसूची अझै लम्बिने संकेत ईयूले गरिसकेको छ । नेपालको हवाई उड्डयन क्षेत्र सन् २०१३ देखि ईयूको कालोसूचीमा छ ।

भेटमा नेपालबाट हराएका पुरातात्विक महत्वका मूर्ति फ्रान्सका संग्रहालयमा रहेको भन्दै नोपल ल्याउन गरिने पहलका बारेमा समेत छलफल भएको मन्त्री किरातीले जानकारी दिएका छन् ।

राजदूत गिल्ससँग नेपालको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनका समसामयिक विषयमा समेत छलफल भएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?