+
+

टिजर समेटिएको ‘छक्कापञ्जा ४’ को गीत ‘दर्शन सलाम’ सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ १६ गते १७:२८

दिल भए नि फलाम

चट्ट माया दर्शन सलाम

यस वर्ष प्रतीक्षित फिल्म मानिएको ‘छक्कापञ्जा ४’ को पहिलो गीत ‘दर्शन सलाम’ सार्वजनिक भएको छ । फिल्मका महत्वपूर्ण दृश्यांश समेटिएको गीतमा गाउँको चुनावको सन्दर्भ र परिवेश समेटिएको छ, जसले गर्दा गीतलाई फिल्मको टिजर पनि मान्न सकिन्छ ।

फिल्मको कथावस्तु, चरित्र चित्रण र केन्द्रीय द्वन्द्वको खुलासा पनि यो भिडियोमार्फत भएको छ । दृश्यअनुसार दीपकराजलाई गाउँले नेताको भूमिकामा देख्न सकिन्छ । ‘यो गाउँमा मैले सोचे जति भोट आयो कि आएन, पहिले यहाँ गन्ने अनि लाने’ डायलगसँगै दीपकको चरित्रलाई स्थापित गरिएको छ । जसले फिल्मको कथावस्तु पनि सामाजिक-राजनीतिको वरपर फन्को मारेको महसुस गर्न सकिन्छ ।

चुनावको माहोल र सन्दर्भको कथावस्तुमा गीत ‘दर्शन सलाम’को कोरियोग्राफी गरिएको छ जहाँ दीपक, दीपाश्री निरौला, स्वस्तिमा खड्का, निर्मल शर्मा, बुद्धि तामाङ, राज आचार्य, केदार घिमिरे लगायत कलाकार फिचर्ड छन् । दीपक र दीपाले अनस्क्रिन जोडीको रुपमा गीतमा नृत्य गरेका छन् । स्वस्तिमा र राजलाई जोडीको रुपमा देख्न सकिन्छ । कोरस डान्सरसँगै कलाकारले छमछमी कम्मर मर्काएका छन्, जसले गर्दा यो गीत डान्सिङ ट्रयाक पनि बन्न सक्छ ।

डेभिड शंकर र साहिमा श्रेष्ठको स्वर रहेको गीतमा राजेन्द्र थापाको शब्द र दीपक शर्माको संगीत निर्देशन छ । नरेन्द्र मैनालीको छायांकन र कविराज गहतराजको डान्स कोरियोग्राफीले गीतलाई आकर्षक भिजुअल ट्रिट प्रदान गरेको देख्न सकिन्छ । हेमराज बीसी निर्देशित फिल्मको केन्द्रमा यसपटक राजनीति र समाज बुनिएको छ भने छक्कापञ्जा सिरिजको कथा भन्ने शैली कमेडी नै हो । आमा सरस्वती मुभिज र आईएमईको ब्यानरमा फिल्म निर्माण भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?