+
+

ई-लाइब्रेरी व्यवस्था गर्न शिक्षा मन्त्रालयको निर्देशन

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ १६ गते १८:१४

१६ माघ, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ई-लाइब्रेरी व्यवस्था नभएका विद्यालयहरुलाई तत्काल प्रबन्ध गर्न निर्देशन दिएको छ ।

आईसीटी सञ्चालन गर्न अनुदान वा सहायता प्राप्त गरी आईसीटी ल्याब सञ्चालन गरिरहेका ६ हजार ८६९ विद्यालयहरुले १ देखि १२ सम्मका डिजिटल पाठ्यक्रम र पाठ्यपुस्तक, सहायक पाठ्यसामग्री र किताब र पाठ्यक्रममा आधारित श्रव्य, श्रव्यदृश्य पाठहरु, डिजिटल किताब, डिक्सनरी र अन्य अडियो तथा भिडियो सामग्रीहरु ई–लाईब्रेरीमा राख्नुपर्ने प्रावधान छ ।

त्यसैले यी विद्यालयहरुले ई–लाइब्रेरीको व्यवस्था नगरेको भए तत्काल प्रबन्ध गरी विद्यार्थीको सिकाइमा प्रयोगमा ल्याउन निर्देशन दिएको हो । र, अन्य विद्यालयहरुले पनि उल्लेखित सामग्रीहरु प्राप्त गरी शिक्षण सिकाइलाई प्रभावकारी र गुणस्तरीय बनाउन यसको अधिकतम सदुपयोग गर्न अनुरोध मन्त्रालयले गरेको छ ।

मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै विद्यालयहरुले व्यवस्था अनुसार कार्यान्वयन गरे नगरेको स्थानीय तह र शिक्षा विकास तथा समन्वय इकाईहरुलाई विद्यालयको अनुगमान गर्न भनेको छ । साथै यस्ता विषयहरुलाई अन्तरक्रिया जस्ता कार्यक्रमहरुमा उच्च प्राथमिकतामा राखी सो सम्बन्धी पृष्ठपोषण गर्न अनुरोध गरेको छ ।

देशभरका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका लागि पाठ्यपुस्तक लगायत गुणस्तरीय सिकाई सामग्रीमा पहुँच पु¥याउने उद्धेश्यले मन्त्रालय मातहतका निकायबाट डिजिटल सामग्रीहरुको उत्पादन, प्रसारण र वितरणका प्रयासहरुले भइरहेको भ्उ पनि कतिपय स्थानहरुमा पर्याप्त जानकारी नभएको बुझिएको भन्दै पाठ्यक्रम विकास केन्द्रमा रहेको जानकारी दिनुपरेको विज्ञप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?