+
+

एसियन यू-२२ बक्सिङमा रजत जितेकी सुष्मा सिधै वर्ल्ड च्याम्पियनसिपमा छनोट

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ १७ गते ११:१२

१७ जेठ, काठमाडौं । थाइल्याण्ड भएको एएसबीसी एसियन यू-२२ महिला तथा पुरुष बक्सिङ च्याम्पियनसिपमा महिला ४८ केजी तौल समूहमा ऐतिहासिक रजत पदक जितेकी नेपालकी सुष्मा तामाङ भारतमा हुने वर्ल्ड वुमन्स बक्सिङ च्याम्पियनसिपमा सिधै छनोट भएकी छन् ।

नेपाल बक्सिङ संघले मंगलबार विज्ञप्ती जारी गर्दै ऐतिहासिक मेडल जितेको अवार्ड स्वरुप उनलाई सिधै वर्ल्ड च्याम्पियनसिपमा छनोट गराउने जनाएको छ ।

संघले जारी गरेको विज्ञप्तिमा यही माघ २४ देखि २६ गतेसम्म विभिन्न तौल समूहमा छनोट प्रतियोगिता गराउने जनाएको थियो ।

‘नेपाल बक्सिङ संघको निर्णय अनुसार ४८ किलो तौल समूहमा एसियन यू-२२ मा रजत पदक जितेको हुनाले अवार्ड स्वरुप सुष्मा तामाङलाई छनौट गरी सिधै वर्ड च्यम्पियनसिप प्रतियोगितामा सहभागी गराउने निर्णय गर्दै थप ५४ किलो तौल समूहको पनि छनौट गर्ने निर्णय भएको जानकारी गराउदछौं’, बक्सिङ संघले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

सुष्माले थाइल्याण्डको बैंककमा भएको यू-२२ च्याम्पियन्सिमा उत्कृष्ट प्रदर्शन गर्दै ऐतिहासिक फाइनल यात्रा तय गरेकी थिइन् । तर फाइनलमा भने उनी उज्वेकिस्तानकी फोजिलोभा फार्जोनासँग पराजित भएकी थिइन् । त्यसअघि उनले भियतनाम र मंगोलियाका खेलाडीलाई पराजित गरेकी थिइन् ।

एसियन बक्सिङ कन्फिडरेसनको मान्यताप्राप्त प्रतियोगितामा नेपालले रजत जितेको यो पहिलोपल्ट हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?