+
+

क्युटी मालती : प्रियंका चोपडाले लुकाउँदा लुकाउँदै बाहिरियो छोरीको तस्वीर

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ १७ गते ११:५५

काठमाडौं । पछिल्लो समय बलिउड सेलिब्रिटी आफ्ना शिशुलाई सामाजिक सञ्जालबाट टाढै राख्न खोजिरहेका छन् । सार्वजनिक कार्यक्रममा होस् वा सामाजिक सञ्जालमा केही भन्नुपरे शिशुको अनुहारलाई इमोजीले लुकाएर सार्वजनिक गर्ने उनीहरुको प्रवृत्ति छ ।

प्रियंका चोपडा र निक जोनसले पनि यस्तै गरेका थिए । यसैसाता प्रियंका लस एन्जलसको एक कार्यक्रममा छोरीलाई लिएर पुगेकी थिइन्, जहाँ उनी र छोरीका तस्वीर सामुन्ने आए । पहिलोपटक छोरी मालतीको तस्वीर पनि सार्वजनिक भयो । यो तस्वीरमा मालती सेतो टप र त्योसँग मिल्दोजुल्दो क्रिम स्वेटरमा क्युट देखिएकी छन् ।

यससँगै प्रियंकाले हलिउड वाक अफ फेम स्टार कार्यक्रमको क्रममा एक भिडियो सामाजिक सञ्जालमा सेयर गरेकी छन्, जसमा मालती आमाको काखमा रमाइलो गरिरहेको देखिन्छ । निकले आफ्नो भाषणको क्रममा छोरीको नाम लिन्छन् । यस्तो अवस्थामा प्रियंकाले मालतीलाई आफ्नो काखमा उभिएर निकतर्फ ईशारा गर्छिन् ।

यो भिडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा फ्यानदेखि सेलिब्रिटीसम्मले प्रतिक्रिया दिएका छन् । प्रियंका र निकले सामाजिक सञ्जालमा २२ जनवरी २०२२ मा छोरीको जन्म भएको घोषणा गरेका थिए । पोस्ट सेयर गर्दै दम्पतीले आफू सरोगेसीमार्फत अभिभावक बनेको बताएका थिए । प्रियंकाको छोरी डाक्टरले दिएको मितिभन्दा १२ हप्ता अगाडि जन्मिएकी थिइन् । प्रि–म्याच्योर डेलिभरीका कारण मालती पनि कमजोर थिइन् । यसका लागि निक-प्रियंकाले बच्चा पूर्णतया स्वस्थ नभएसम्म अस्पतालमै रहने निर्णय गरेका थिए ।

प्रियंका र निकले हिन्दू र इसाई परम्पराअनुसार २ डिसेम्बर २०१८ मा राजस्थान उदयपुरको उम्मेद भवनमा विवाह गरेका थिए ।  

तस्वीरहरु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?