+
+

झोलुङ्गे पुलको माग पेश गर्न स्थानीय तहलाई विभागको निर्देशन 

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ १७ गते १३:४७

१७ माघ, काठमाडौं । स्थानीय पूर्वाधार विभागले देशभरका स्थानीय तहहरुलाई आवश्यकता अनुसार झोलुङ्गे पुलको माग पेश गर्न परिपत्र गरेको छ ।

सोमबार विभागले परिपत्र गर्दै आधारभूत सेवाको पहुँच हरेक आधा घण्टाको फेरोमा ल्याउने लक्ष्य लिएकोले यसका लागि आवश्यक पर्ने झोलुङ्गे पुलको माग विवरण एक महिनाभित्रमा पठाउन भनेको छ ।

झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रमलाई उच्च प्राथमिकतामा राखेको विभागले जनाएको छ । विभागका अनुसार तीन वर्षभित्र आवश्यक सबै झोलुङ्गे पुल निर्माण सम्पन्न गर्ने सरकारले तयारी गरेको छ । विवरण उपलब्ध गराउँदा कार्यपालिकाको बैठकको निर्णय सहित पठाउन पत्रमा भनिएको छ ।

हेर्नुहोस् विभागको परिपत्रः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?