+
+

फरक क्षमता भएकाहरु ट्याक्सी लिएर सिंहदरबारभित्र जान पाउने

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ १७ गते १६:४५
सिंहदरबार गेटको तस्वीर ।

१७ माघ, काठमाडौं । फरक क्षमता भएका मानिसहरु कालो नम्बर प्लेट (भाडा)को गाडीमा सिंहदरबार जान पाउने भएका छन् । श्रम तथा रोजगार मन्त्रालयको पहलमा गृह मन्त्रालयले यो निर्णय गरेको हो ।

गृहका प्रवक्ता फणिन्द्रमणि पोखरेलका अनुसार सबैले भाडाका गाडी लिएर जान दिने होइन । अपाङ्ग र फरक क्षमता भएकाहरुलाई मात्र सिंहदरबार प्रवेशमा सहज बनाइएको हो ।

यो निर्णयसँगै अपांगता भएकाहरु ट्याक्सी लिएर सिंहदरबारभित्र नै जान पाउने भएका छन् । यसअघि भाडाका गाडी सिंहदरबारभित्र लैजान पाउने व्यवस्था थिएन । त्यसैले  आफू सवारी साधन नचलाउने अपांगता भएकाहरुले हिँडेरै वा अरु कसैसँग लिफ्ट मागेर सिंहदरबार जानुपर्ने बाध्यता थियो ।

गृह मन्त्रालयका प्रवक्ता पोखरेलका अनुसार फरक क्षमता भएकाहरु सिंहदरबारको प्रवेशद्वारमा पुगेपछि आफ्नो काम भएको मन्त्रालय बताउनुपर्छ । त्यहाँ रहेका सुरक्षाकर्मीहरुले सम्बन्धित मन्त्रालयमा बुझ्छ र, मन्त्रालयले खबर गरेपछि सुरक्षाकर्मीहरुले प्रवेश दिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?