+
+

विशेष परिस्थितिबाहेक सिंहदरबारबाटै काम गर्छु : प्रधानमन्त्री प्रचण्ड

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ १७ गते १९:००

१७ माघ,  मंगलबार । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विशेष परिस्थितिबाहेक सिंहदरबारबाटै काम गर्ने बताएका छन् ।

मंगलबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा प्रधानमन्त्री कार्यालय मातहतका निकाय र कार्यालयहरूको बैठकमा प्रधानमन्त्री प्रचण्डले विगतमा सिंहदरबार भन्दा बाहिरबाट शासन चलाउने गल्ती आफूले नगर्ने बताएका छन् ।

‘मैले सिंहदरबारलाई कार्यसञ्चालनको मुख्य थलोको रूपमा लिएको छु । विगतमा सिंहदरबार बाहिर वा निवासबाट शासन चलाउने काम भएको तीतो अनुभूति तपाई हामी सबैसँग छ’ उनले भने, ‘यसपटक हामीले उक्त गल्ती दोहोर्‍याउनु हुँदैन । विशेष परिस्थितिमा बाहेक सिंहदरबारबाटै काम गर्ने सोचेको छु ।’

सिंहदरबारबाटै काम गर्नुको विशेष अर्थ रहने भन्दै प्रचण्डले प्रधानमन्त्रीले सिंहदरबारबाट काम गर्दा राज्यका सबै अंगहरूको एकीकृत परिचालन हुन सक्ने बताए ।

प्रधानमन्त्री प्रचण्डले कर्मचारी संयन्त्रमा दण्ड र पुरस्कारको व्यवस्थालाई प्रभावकारी रूपमा लागू गरिने पनि बताए । उनले ‘निर्णय प्रक्रियालाई सरल बनाउन र छिटो छरितो कार्यसम्पादन गर्न पनि कर्मचारीहरुलाई निर्देशन दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?