+
+

क्यानको साधारणसभा फागुन १४ र १५ गते सुर्खेतमा

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ १८ गते ११:२०

१८ माघ, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)को साधारणसभा फागुन १४–१५ मा सुर्खेतमा आयोजना हुने भएको छ ।

पोखरामा बसेको कार्यसमिति बैठकले अर्को महिना वार्षिक साधारणसभा गर्ने निर्णय गरेको कोषाध्यक्ष रोशनबहादुर सिंहले जानकारी दिए ।

नेपाल टी–२० लिगका लागि व्यापारिक तथा रणनीतिक साझेदारीका रुपमा भित्रिएको विवादित भारतीय कम्पनी सेभेन थ्रीसँगको सम्झौता रद्ध गर्नेबारे साधारणसभाले नै निर्णय गर्नेछ । ‘अघिल्लो वर्ष फागुनमै भएको साधारणसभाले पारित गरेपछि सेभेन थ्रीसँग सम्झौता भएको हो । अब उसँगको सम्झौता कायम राख्ने नराख्नेबारे निर्णयको अधिकार पुनः साधारणसभालाई नै दिने बोर्डले निर्णय गरेको छ,’ कोषाध्यक्ष सिंहले अनलाइनखबरसँग भने ।

नेपाल क्रिकेट संघ (क्यान) आफैंले आयोजना गरेको प्रतिष्ठित भनिएको नेपाल टी–२० लिगमा लाइभ बेटिङ र स्पट फिक्सिङमा साझेदार संस्था सेभेन थ्रीकै प्रत्यक्ष संग्लग्नता भेटिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले सार्वजनिक गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?