+

एन्फा अध्यक्ष पकंज एएफसीको कार्यसमितिमा निर्वाचित

२०७९ माघ  १८ गते १८:१७ २०७९ माघ १८ गते १८:१७
एन्फा अध्यक्ष पकंज एएफसीको कार्यसमितिमा निर्वाचित

१८ माघ, काठमाडौं । अखिल नेपाल फुटबल संघका अध्यक्ष पंकज विक्रम नेम्वाङ एसियन फुटबल कन्फिडेरेसन एएफसीको कार्यसमितिमा निर्वाचित भएका छन् ।

बहराइनमा बुधबार सम्पन्न भएको ३३ औं एएफसी कांग्रेसको निर्वाचनमा उनी निर्वाचित भएका हुन् । उनी पाँच वर्षका लागि एएफसीको कार्यसमितिमा निर्वाचित भएका हुन् ।

२०२३ देखि २०२७ सम्म उनीहरुको कार्यकाल रहनेछ । निर्वाचनमा बहराइनका शेख सलमान विन इब्राहिम अल खलिफा अध्यक्षमा निर्वाचित भएका छन् ।

एएफसी पंकज विक्रम नेम्वाङ
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय