+
+

सवारी दुर्घटना रोक्न कर्णालीमा ‘सुरक्षित यात्रा अभियान’ सुरु

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ १८ गते १९:४५

१८ माघ, सुर्खेत । कर्णाली प्रदेश प्रहरी कार्यालयले सुर्खेतले राजमार्ग तथा शहरी क्षेत्रहरुमा ‘सुरक्षित यात्रा अभियान’ सुरु गरेको छ ।

सवारी दुर्घटना न्यूनीकरण गर्ने र यात्रु तथा चालकलाई सचेतना गर्ने उद्देश्यले बुधबारदेखि उक्त अभियान सुरु गरिएको हो । कर्णाली प्रदेशका १० वटा जिल्लामा रहेका ट्राफिक प्रहरी कार्यालय र अस्थायी प्रहरी पोष्टहरुबाट एकसाथ उक्त अभियान सुरु गरेको प्रदेश प्रहरीले जनाएको छ ।

कर्णालीको मुख्य प्रवेशद्धार भेरीगंगा–५, बबई चेकप्वाईन्टबाट बुधबार दिउँसो प्रदेश प्रहरी कार्यालयका वरिष्ठ उपरीक्षक (एसएसपी) माधवप्रसाद श्रेष्ठले अभियानको शुभारम्भ गरेका हुन् ।

एसएसपी श्रेष्ठका अनुसार अभियान अन्तरर्गत यात्रुहरुसँग यात्राको क्रममा कुनै प्रकारको असजता, दुर्व्यवहार भएनभएको, तोकिएको भन्दा बढी भाडादर लिएनलिएको बारे जानकारी लिइने छ । त्यसो गरिएको पाईए तत्काल कारबाही गरिने प्रहरीले जनाएको छ ।

‘यात्रुसँग प्रहरी प्रतिको अपेक्षा केछ, त्यो पनि संकलन गरिनेछ । साथै सवारी साधनमा यात्रा गर्दा यात्रुहरुले ध्यान दिनुपर्ने कुराहरु, सवारी चालकको पहिचान, चालकले खानाखाँदा मापसे गरेनगरेको र लामो दुरीको सवारी साधनमा दुईजना चालक भएनभएको बारे जानकारी लिन्छौं । सचेनता पनि दिन्छौं,’ एसएपपी श्रेष्ठले भने ।

अभियान शुरु भएयता बुधबार बेलुकासम्म प्रदेशका ४१ चेकप्वाइन्टहरुबाट १६ सय २५ सार्वजनिक सवारी साधन र ४ हजार ५५७ यात्रु तथा सवारी चालकलाई सुसुचित गरिएको प्रदेश प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?