+
+

राष्ट्रिय सभा उपाध्यक्षको उम्मेदवार तय गर्न कांग्रेसको बैठक बस्दै

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ १९ गते ८:२१

१९ माघ, काठमाडौं । राष्ट्रिय सभा उपाध्यक्षको उम्मेदवार तय गर्ने लगायतका विषयमा छलफल गर्न नेपाली कांग्रेस संसदीय दल कार्य समितिको बैठक आज बस्दै छ ।

बैठक बिहान नौ बजेपछि पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बस्ने छ ।
संसदीय दलको कार्यसमितिमा संसदीय दलका नेता, प्रमुख सचेतक र महामन्त्री रहने व्यवस्था छ ।

नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले राष्ट्रिय सभा उपाध्यक्षको उम्मेदवारको विषयमा छलफल गर्न बैठक बस्न लागेको जानकारी दिए ।

यही माघ २३ गते बस्ने राष्ट्रिय सभा बैठकबाट उपाध्यक्ष चयन गरिंदैछ । तत्कालीन उपाध्यक्ष शशीकला दाहालको कार्यकाल २०७८ फागुन २० गते सकिएको थियो ।

राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उपाध्यक्षको निर्वाचनको मिति र समय नतोक्दा उक्त पद अहिलेसम्म रिक्त छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?