+
+

राप्रपाले बोलायो केन्द्रीय कार्य सम्पादन समितिको बैठक

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ १९ गते ९:२५

१९ माघ, काठमाडौं । सत्ता साझेदार दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बस्दै छ ।

दिउँसो ३ बजे केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने बैठकमा समसामयिक राजनीतिक परिस्थितिको समीक्षा, पार्टीको आगामी कार्यक्रम र आसन्न केन्द्रीय कार्यसमिति बैठक लगायतका विषयमा छलफल हुने राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

गृह मन्त्रालयलाई राष्ट्रिय स्वतन्त्र पार्टी -रास्वपा)लाई दिने कि नदिने भन्ने विषयले सत्ता साझेदार दलमा खटपट भइरहेको बेला राप्रपाले बैठक बोलाएको हो । यस विषयमा राप्रपा मौन देखिएको छ ।

नागरिकता सम्बन्धी विवादका कारण रास्वपाका सभापति रवि लामिछानेको उपप्रधान एवम् गृहमन्त्री पद गुमेको छ ।

रविले नेपाली नागरिकता पुनः प्राप्त गरेपछि रास्वपाले गृहमन्त्रालय पाउनुपर्ने अडान लिंदै आएको छ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि रास्वपाको अडानलाई साथ दिएका छन् । तर प्रधानमन्त्री प्रचण्डले उक्त मन्त्रालय तत्काल रास्वपालाई नदिने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?