+
+

एउटै नम्बरको ह्वाट्सएप दुईवटा डिभाइसमा कसरी चलाउने ?

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ १९ गते १२:५५

काठमाडौं । यसअघि ह्वाट्सएप प्रयोगकर्ताहरुले आफ्नो ह्वाट्सएप अकाउन्टलाई स्मार्टफोनसँगै एउटा डेस्कटपमा पनि जोड्न सक्दथे ।

तर पछिल्लोपटक ह्वाट्सएपले एउटा नयाँ फिचर थपेको छ, जसबाट प्रयोगकर्ताले आफ्नो एउटा ह्वाट्सएप अकाउन्टलाई अरु डिभाइसहरुमा पनि लगइन गर्न सक्दछन् ।

ह्वाट्सएपको उक्त फिचरको नाम companion mode हो । यो फिचरको सहयोगले एउटा नम्बरको ह्वाट्सएप अकाउन्टलाई एकसाथ चारवटा डिभाइसमा चलाउन सकिन्छ । यद्यपि यो फिचरको बेटा भर्सन तत्कालका लागि केही एन्ड्रोइड प्रयोगकर्तालाई मात्र उपलब्ध गराइएको छ ।

जब तपाईंले आफ्नो फोनमा ह्वाट्सएप इन्स्टल गर्नुहुन्छ तब क्यूआर कोडबाट आफ्नो अकाउन्टलाई अर्को डिभाइसमा पनि लिंक गर्ने विकल्प उपलब्ध हुन्छ । यसका लागि ह्वाट्सएप विन्डोको दायाँ माथिपट्टि रहेको तीनथोप्ले मेन्यूमा ट्याप गर्नु पर्दछ ।

दुईवटा डिभाइसमा आफ्नो ह्वाट्सएप अकाउन्ट जोड्नका लागि के गर्ने ?

  • आफ्ना दुबै डिभाइस (कम्प्युटर र मोबाइल फोन) मा ह्वाट्सएपको सबैभन्दा पछिल्लो बेटा भर्सन इन्स्टल गरी साइनअप गर्नुहोस् ।
  • त्यसपछि लगइन गरी माथिपट्टिको दायाँ कुनामा रहेको तीनवटा थोप्लायुक्त मेन्युमा जानुहोस् ।
  • त्यसपछि companion mode मा रहेको Link a Device अप्सनमा थिच्नुहोस् । यसो गर्दा क्यूआर कोड सिर्जना हुन्छ ।
  • त्यसपछि दोश्रो डिभाइसको ह्वाट्सएपभित्र Link a Device मा जानुहोस् र पहिलो डिभाइसको क्यूआर कोड स्क्यान गर्नुहोस्
  • त्यसपछि च्याटहरु सिंक भएसँगै तपाईंको ह्वाट्सएप अकाउन्ट ती दुबै डिभाइसमा लिंक हुन्छ ।

ह्वाट्सएप अकाउन्ट कुन कुन डिभाइसमा जोडिएको छ भन्ने कसरी थाहा पाउने ?

  • आफ्नो फोनमा रहेको ह्वाट्सएप खोल्नुहोस्
  • माथिल्लो भागमा दायाँपट्टि छेउमा रहेको तीनथोप्ले मेन्यु बटनमा ट्याप गरी ीष्लपभम म्भखष्अभक अप्सनमा ट्याप गर्नुहोस्
  • त्यसपछि तपाईंको ह्वाट्सएप अकाउन्टसँग जोडिएका डिभाइसहरुको सूचि देखिनेछ ।
  • यदि तपाईंलाई त्यसमध्ये कुनै डिभाइस हटाउनुपर्नेछ भने त्यहीँबाट हटाउन सक्नुहुन्छ ।

– एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?