+
+

रौतहटमा फरार अभियुक्तको चक्कु प्रहारबाट हवल्दार घाइते, हवाइ फायर गरी पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ १९ गते १५:२१

१९ माघ, वीरगञ्ज । फरार अभियुक्तलाई पक्राउ गर्न गएको प्रहरीमाथि रौतहटमा चक्कु प्रहार भएको छ । फरार अभियुक्तको चक्कु प्रहारबाट प्रहरी सहायक हवल्दार सुरेश यादव घाइते भएका हुन् ।

बुधबार दिउँसो रौतहटको गौर नगरपालिका वडा नं. २ लालबकैया खोलापारी केरा घारीमा डाँका चोरी र ज्यान मार्ने उद्योग मुद्दाका फरार अभियुक्त बसेको भन्ने सूचना प्रहरी समक्ष आएको थियो ।

जिल्ला प्रहरी कार्यालय रौतहटवाट खटिएको प्रहरी टोलीले सर्च अप्रेशन गरेको थियो । गौर नगरपालिका वडा नं. ५ कोइरीटोल बस्ने १९ वर्षीय राहुल यादव र गौर नगरपालिका वडा नं. ४ बस्ने १९ वर्षीय रवि यादवलाई प्रहरीले नियन्त्रणमा लिन खोज्दा राहुलले प्रहरी सहायक हवल्दार यादवलाई चक्कु प्रहार गरेका थिए ।

प्रहरी सहायक हवल्दार सुरेशको दाहिने हातमा चोट लागेको छ । प्रहरीले चाइनिज पेस्तोलबाट १ राउण्ड हवाइफायर गरी राहुल यादवलाई पक्राउ गरेको थियो । उनको साथबाट चक्कु र कैची समेत बरामद गरेको छ ।

घटनापछि भाग्न सफल रविलाई खोजतलास गर्ने क्रममा बिहीबार बिहान नियन्त्रणमा लिएको सूचना अधिकारी प्रहरी नायब उपरीक्षक उमाशंकर प्रसाद यादवले बताए ।

रौतहट गौर नगरपालिका वडा नं. ४ मै लुकेर बसेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरु दुवै जनालाई जिल्ला प्रहरी कार्यालय रौतहटमा राखेर प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?