+
+

नाउपाका सांसद चौधरी पक्राउको विरोधमा कैलालीमा प्रदर्शन

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ १९ गते १८:२४

१९ माघ, धनगढी । कैलाली–२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य अरुणकुमार चौधरी पक्राउ परेको विरोधमा नागरिक उन्मुक्ति पार्टीले प्रदर्शन गरेको छ ।

चौधरीलाई पक्राउ गरेको विरोधमा नागरिक उन्मुक्ति पार्टीका नेता तथा कार्यकर्ताले कैलालीको बौनियामा विरोध प्रदर्शन गरेका हुन् ।

प्रदर्शनपछि बौनिया बजारमा आयोजित कोण सभालाई सम्बोधन गर्दै नाउपाका नेता जन्मदेव सञ्जालले शुक्रबार बिहान १० बजेदेखि कैलालीमा यातायात बन्द गर्ने चेतावनी दिएका छन् ।

१३ वर्ष पूरानो आगजनीको घटनामा जिल्ला अदालत कैलालीबाट ६ महिना कैद सजाय सुनाइएका चौधरीलाई बिहीबार दिउँसो प्रहरीले बाँकेको कोहलपुरबाट पक्राउ गरेको थियो ।

अपराध महाशाखा काठमाडौंबाट खटिएको टोलीले उनलाई पक्राउ गरेपछि कैलाली प्रहरीलाई जिम्मा लगाउने तयारी गरेको छ ।

चौधरीलाई बाँकेबाट विमानमार्फत काठमाडौं लगेर फेरि धनगढी ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?