+
+

ललितपुरमा कुकुरलाई खुल्ला शौच गराए कारबाही

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ १९ गते १९:४४

१९ माघ, काठमाडौं । ललितपुर महानगरपालिकाले घर पालुवा कुकुरलाई खुल्ला शौच गराए कारबाही गर्ने भएको छ ।

महानगरले बिहीबार एक सूचना जारी गर्दै ‘घरमा पालिएका कुकुरलाई घरधनीले दिसा, पिसाब गराउन सडक, पार्क जस्ता सार्वजनिक स्थलमा ल्याएको पाइएमा कारबाही गर्ने’ बताएको हो ।

ललितपुर महानगरपालिकाले नगरलाई हरियाली सहितको सफा र सुन्दर शहर बनाउन विभिन्न योजना अघि बढाइरहेको भन्दै घर पालुवा कुकुरलाई जथाभावी शौच गराउँदा वातावरण प्रदुषित हुँदै गएको जनाएको छ ।

कुकुरको दिसापिसाबमा भएको जिवाणु वातावरणमा फैलँदा मानव स्वास्थ्यमा समेत हानी पुग्ने भन्दै महानगरमा कसैले कुकुरलाई खुल्ला शौच गराए कडा कारवाही गर्ने महानगरले चेतावानी दिएको छ ।

हेर्नुहोस् महानगरको  सूचना :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?