+
+

तेक्वान्दो टोली यूएई प्रस्थान

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ १९ गते २०:०५

१९ माघ, काठमाडौं । फेब्रुअरी ५ देखि ८ तारिखसम्म संयुक्त अरब इमिरेट्स (यूएई) को फुजराहमा हुने १०औं फुजराह ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा सहभागी हुन २० सदस्यीय नेपाली टोली त्यसतर्फ प्रस्थान गरेको छ ।

सानु महर्जन, सुजन श्रेष्ठ, शिभांगी श्रेष्ठ, सोनम गैरे, सुलभ भण्डारी, राजन भण्डारी, अनुस्का भण्डारी, अस्मिता सुब्बा, प्रनिश गुरुङ, सन्देश गिरी, दीपेश खत्री, सोनिया गैरे, सुष्मा थापा, सुजन सिलवाल र खुसी गौतमले चुनौती प्रस्तुत गर्ने छन् ।

प्रशिक्षकमा नेपाल तेक्वान्दो संघका केन्द्रीय सदस्यसमेत रहेका बब्लु सिवाकोटी र टिम व्यवस्थापकमा प्रल्हाद थापा र बाबुलाल सुब्बा छन् । टोलीलाई नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाशशम्शेर राणा र केन्द्रीय सदस्य तथा प्रवक्ता साम्राज्यविक्रम पाण्डेले बिदाइ गरे ।

राणाले खेलाडीलाई सफलताको शुभकामना दिँदै राष्ट्रको गरिमा उँचो बनाउन आग्रह गरे ।

‘देशको नाम संसारमा चिनाउने काम खेलाडीले गर्दै आएका छन् । यस प्रतियोगितामा पनि उत्कृष्ट प्रदर्शन गर्दै राष्ट्रको नाम उँचो बनाउन सबै खेलाडीलाई आग्रह गर्दछु’, अध्यक्ष राणाले भने ।

बिदाइ कार्यक्रममा संघका प्रवक्ता पाण्डेले पनि सफलताको शुभकामना दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?