+
+

पक्राउ सांसदलाई छाड्न नागरिक उन्मुक्तिको २४ घन्टे अल्टिमेटम

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ १९ गते २०:११

१९ माघ, काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले पक्राउ परेका आफ्ना सांसद अरुणकुमार चौधरीलाई २४ घन्टा भित्र रिहा नगरे आन्दोलन गर्ने चेतावनी दिएको छ ।

जिल्ला अदालत कैलालीबाट ६ महिना कैद सजाय पाएका सांसद चौधरीलाई फैसला कार्यान्वयनका लागि प्रहरीले बाँकेमा पक्राउ गरेको थियो ।

‘हामी सरकारलाई र सम्बन्धित निकायलाई २४ घन्टा भित्र रिहा नगरे, त्यसपछिका घटनामा आफैं घट्ने घटनाको परिणाम दोषी सरकार र सम्बन्धित निकाय हुने छ,’ नागरिक उन्मुक्ति पार्टीका प्रवक्ता दामोदर पण्डिले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

कैलाली–२ का सांसद अरुणकुमार चौधरीलाई १३ वर्ष पुरानो आगजनीको घटनामा जिल्ला अदालत कैलालीले ६ महिना कैद सजाय सुनाएको थियो ।

तर उनी त्यो सजाय भुक्तान नगरी सांसद निर्वाचित भएका थिए ।

बाँकेमा पक्राउ परेका  चौधरीलाई श्री एयरलाइन्सको विमानमार्फत काठमाडौं ल्याएर फेरि धनगढी लागिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?