+
+

बलात्कारका आरोपीलाई राष्ट्रिय टिममा राखेको विरोधमा सामाजिक सञ्जालमा #BoycottCAN

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २० गते १२:०९
अदालतको आदेशमा धरौटीमा रिहा भएपछि सन्दिप लामिछाने । फाइल तस्वीर

२० माघ, काठमाडौं । बलात्कारका आरोपीलाई राष्ट्रिय टिममा समावेश गरेको भन्दै सामाजिक सञ्जालमा नेपाल क्रिकेट संघ क्यानको विरोध सुरु भएको छ ।

सामाजिक सञ्जाल प्रयोगकर्ताले #BoycottCAN  अभियान चलाएका छन् । उनीहरुले भोलि शनिबार दिउँसो १ बजे माइतीघरमा भेला भएर क्यानको विरोधमा प्रदर्शन गर्न आह्वान पनि गरेका छन् ।

बसन्त गौतमले #BoycottCAN भन्दै ट्वीट गरेका छन्, ‘फौजदारी अभियोग लागेको एउटा व्यक्तिलाई त्यसको अन्तिम फैसला आउनुअघि नै लोकप्रिय खेलमार्फत देशको प्रतिनिधित्व गर्ने ठाउँमा पुर्‍याएर क्यानले नेपाली क्रिकेट क्षेत्रमा नैतिकता र सार्वजनिक मर्यादा जस्ता विषयले महत्व राख्दैनन् भन्ने जनाउ दिएको छ ।’

तुल्सीराम भुषालले क्यानले बलात्कार जस्तो जघन्य अपराधमा आरोपितलाई राष्ट्रको प्रतिनिधित्व गराउन खोजेको भन्दै प्रधानमन्त्रीलाई मेन्सन गरेर लेखेका छन्, ‘क्रिकेटका मूलीहरु त नाङ्गै हिंडे @PM_nepal_ सरकार कता छ ?’

माइतीघरमा भेला हुन आग्रह गर्दै हिमाले ट्वीट गरेकी छिन्, ‘भोलि शनिबार १ बजे माइतीघर मण्डला, नागरिक मौन बस्दैन ! सरकार, प्रतिपक्षी नभएको सरकार र क्यान #BoyCottCAN’

ट्वीटरमा सोमेशले बन्द प्रशिक्षणमा सन्दीपसँगै रहेका अरु १९ जना खेलाडीलाई प्रश्न गर्दै लेखेका छन्,’नेपाली क्रिकेट टिममा परेका १९ जना खेलाडीलाई प्रश्न: तपाईंहरुलाई अन्य देशसँग खेल्दा हामीले किन समर्थन गर्ने ? (कि त तपाईंहरु बलात्कार आरोपको पक्षमा हुनुपर्छ कि विरोधमा… बीचको बाटोको सुविधा छैन यो मुद्दामा !)’

बलात्कारका आरोपीसँग खेल्न सक्दैनौं भन्ने खेलाडी कोही रहेनछन् भन्दै आदित्यले ट्वीट गरेका छन्, ‘नेपाली क्रिकेट टोली र क्यान बहिष्कार गरौं।  एउटा बलात्कार आरोपितलाई टिममा राख्ने कुराको विरोध गर्न नसक्नेहरुले जताबाट जे जितेर ल्याए नि काम छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?