+
+

सुदूरपश्चिम प्रदेशसभा सचिवालयको वेबसाइट ह्याक

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २० गते १६:०२

२० माघ, धनगढी । सुदूरपश्चिम प्रदेशसभा सचिवालयको वेबसाइट ह्याक गरिएको छ । वेबसाइट ह्याक भएको शुक्रबार बिहान थाहा भएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

सचिवालयका सूचना अधिकारी युवराज जैशीले वेबसाइट ह्याक भएपछि अनलाइन प्रणालीका सूचनामा पहुँच अवरुद्ध भएको बताए । उनका अनुसार प्रदेशसभा सचिवालयसँग प्राविधिक जनशक्ति नभएका कारण कसले ह्याक गरेको हो ? भनेर खुल्न सकेको छैन ।

प्रदेशसभा सचिवालयका सचिव देवबहादुर बोगटीले ह्याक भएको वेवसाइट सञ्चालन गर्ने प्रयास भइरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?