+

रुपेश केसी र डोना थापा फ्रेण्ड्समा अनुबन्धित

२०७९ माघ  २२ गते १७:२४ २०७९ माघ २२ गते १७:२४
रुपेश केसी र डोना थापा फ्रेण्ड्समा अनुबन्धित

२२ माघ, काठमाडौं । शहीद स्मार ए डिभिजन लिगका लागि कुपण्डोलको फ्रेण्ड्स क्लबले दुई मिडफिल्डर रुपेश केसी र डोना थापालाई अनुबन्ध गरेको हो ।

फ्रेण्ड्सले दुई खेलाडीलाई अनुबन्ध गरेको सामाजिक सञ्जालमार्फत जानकारी गराएको हो ।

रुपेशले यसअघि मनाङ मर्स्याङ्दी क्लबबाट लिग खेलेका थिए भने डोनाले थ्रीस्टार क्लबबाट खेलेका थिए ।

नयाँ सिजनका लागि टिम तयार पार्ने क्रममा फ्रेण्ड्सले खेलाडीहरु अनुबन्ध गरिरहेको छ ।

फ्रेण्ड्सले यसअघि गोलकिपर विशाल सुनार र फरवार्ड राजेश परियारलाई अनुबन्ध गरेको हो ।

यस्तै डिफेण्डर असिम भुसालको सम्झौता नवीकरण गरिसकेको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले नयाँ सिजनको लिग फागुन १९ गतेदेखि सुरु गर्ने तालिका सार्वजनिक गरिसकेको छ ।

फ्रेण्ड्सले नवप्रवेशी एफसी खुमटारसँग उद्घाटन खेल खेल्दै लिग सुरुवात गर्नेछ ।

डोना थापा फ्रेण्डस् क्लब रुपेश केसी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय