+
+

स्नातक चौथो वर्षको परीक्षाबारे विद्यार्थीबीच मतभेद

नुनुता राई नुनुता राई
२०७९ माघ २२ गते १९:३५

२२ माघ, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले १० फागुनदेखि तोकेको स्नातक तह चौथो वर्षको परीक्षालाई लिएर विद्यार्थीहरुबीच विवाद भएको छ ।

केही विद्यार्थीले परीक्षा सार्न दबाव दिँदै आन्दोलन सुरु गरेका छन् । कोरोना महामारीको समयमा बिग्रेको शैक्षिक क्यालेन्डरका कारण हाल त्रिविमा २०७७ र २०७८ सालमा भर्ना भएकाहरु गरी दुई ब्याच छन् । त्यसैले चार वर्षे स्नातक तहमा ५ वटा ब्याच छ ।

स्ववियु निर्वाचनमा ४ ओटा ब्याचले मात्र मतदान गर्न पाउने भएकाले चौथो वर्षलाई छिट्टै धपाउन लागि छिट्टै परीक्षा गर्न लागिएको आन्दोलनरत विद्यार्थीहरु बताउँछन् । त्रिविले छिटो परीक्षा सक्न १० देखि १९ गतेसम्मको तालिका सार्वजनिक गरेको भन्दै विद्यार्थीहरुले विरोध जनाएका छन् ।

विद्यार्थी केशन ढकाल परीक्षा फारम भर्ने समयावधि थप गरेर परीक्षा सार्नुपर्ने बताउँछन् । ‘स्ववियु चुनावको आचारसंहिता लागू हुनुपूर्व परीक्षा फारम बन्द गरियोस् र परीक्षा सारियोस्’ उनले भने ।

आफूहरुलाई स्ववियु चुनावअघि नै खेद्न खोजिएको ढकालले बताए । ‘हामीले फारम भर्न बित्तिकै हामी चौथो वर्षको विद्यार्थी रहँदैनौं । यसरी हतारमा परीक्षा गरेर खेदाउन जरुरी छैन ।’

‘राजनीति गर्न परीक्षा रोक्न खोजियो’

केही विद्यार्थीहरुले भने परीक्षा तोकिएकै समयमा हुनुपर्ने माग गरिरहेका छन् । राजनीतिमा चासो हुने विद्यार्थीले स्ववियु चुनावमा भाग लिन मात्र परीक्षा सार्न दबाव दिएको यो पक्षको जिकिर छ । विद्यार्थी विनोद भट्टराई नेता हुन चाहने विद्यार्थीहरुको प्रभावमा परेर त्रिविले परीक्षा सार्न नहुने बताउँछन् । उनी भन्छन्, ‘९ महिनामा पनि परीक्षा नगरेर कहिले गर्ने ?’

अर्की विद्यार्थी सावित्रा भण्डारी परीक्षा सार्न नहुने पक्षमा छिन् । कोरोना महामारीका कारण ४ वर्षमा पूरा हुनो कोर्स ५ वर्षमा पनि नसएिको भन्दै उनले अझै परीक्षा सार्न नहुने धारणा राखिन् । ‘राजनीति गर्ने दाइदिदीहरुको कुरा सुनेर त्रिविले परीक्षा सार्नुहुँदैन’ उनले भनिन् ।

विद्यार्थी कञ्चन थापा परीक्षाको तयारी गर्न छोडेर आन्दोलन गरिरहेका विद्यार्थीको कुरा सुनेर सबै विद्यार्थीलाई अन्यायमा पार्न नहुने उनको भनाइ छ ।

परीक्षा रोक्नुपर्ने माग गर्दै आएका विद्यार्थीले परीक्षा नियन्त्रण कार्यालयमा ताला लगाउनुको साथै त्रिवि परीक्षा नियन्त्रण कार्यालयका सह–परीक्षा नियन्त्रक घनश्याम ठाकुरलाई दुव्र्यवहार समेत गरेका थिए ।

परीक्षा सार्ने मागका विषयमा आइतबार त्रिविका पदाधिकारीबीच छलफल भएको थियो । परीक्षा नियन्त्रक पुष्पराज जोशीले भने, ‘आज छलफल तर के गर्ने भन्ने निष्कर्ष निस्केन । केही दिनपछि निर्णय हुन्छ ।’

लेखकको बारेमा
नुनुता राई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?