+
+

वीरगञ्जबाट लागु औषधसहित दुई जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २२ गते २०:२१

२२ माघ, वीरगञ्ज । प्रहरीले वीरगञ्जबाट लागु औषध सहित दुई जनालाई पक्राउ गरेको छ ।

पर्सा जगरनाथपुर गाउँपालिका-१ विसुनपुर्वा बस्ने २० वर्षीय अबु अयुब असरफ र वीरगञ्ज-२ छपकैया बस्ने २८ वर्षीय ईजहार आलम पक्राउ परेका हुन् ।

उनीहरुको साथबाट प्रतिबन्धित लागु औषध अनरेक्स १ सय एमएलको ३ सय ५८ बोत्तल फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक निर्मल बुढाथोकीले जानकारी दिए ।

आइतबार मध्यान्न वीरगञ्ज– १६ रजतजयन्ती चोकबाट जिल्ला प्रहरी कार्यालय, वडा प्रहरी कार्यालय विर्ता र लागु औषध नियन्त्रण व्यूरो शाखा कार्यालय वीरगञ्जको टोलीले संयुक्त रुपमा चेकजाँच गरिरहेको थियो ।

सवारी साधन तथा पैदल यात्रीलाई चेकजाँच गर्ने क्रममा ना.२ च ७९०५ नम्बरकोटाटा सुमो भिक्टा गाडीको बर्नट भित्र सेतो प्लाष्टिकको २ वटा बोराभित्र लुकाएर राखिएको प्रतिबन्धित लागु औषध फेला परेको प्रहरीले जनाएको छ ।

उनीहरुलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?