+
+

हैदराबादको रामोजी स्टुडियोबाट सुरु भयो फिल्म ‘ह्रस्वदीर्घ’को छायांकन

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २३ गते १२:२३

काठमाडौं । अभिनेत्री नीता ढुंगानाले निर्माण गर्न लागेको फिल्म ‘ह्रस्वदीर्घ’को छायांकन भारतको हैदराबादस्थित रामोजी स्टुडियोबाट सुरु भएको छ । सोमबार पूजाआजासहित फिल्मको छायांकन सुरु भएको नीताले अनलाइनखबरलाई जानकारी दिइन् ।

कास्ट एण्ड क्रिउ सहभागी भएर छायांकनपूर्व पूजाआजा गरेका थिए । नेपाली कलाकार र भारतीय अभिनेता अलीको दृश्य खिच्दै छायांकन सुरु भएको नीताले बताइन् । चन्द्र पन्तले निर्देशन गर्ने यो फिल्मलाई नेपाल र भारतका विभिन्न पर्यटकीय थलोमा छायांकन गरिंदैछ ।

प्रमुख भूमिकामा नीतासहित हरिहर अधिकारी, सरोज खनाल, हजारभन्दा धेरै फिल्मको रेकर्ड राखिसकेका भारतीय अभिनेता ब्रह्मानन्दमसहित चर्चित दक्षिण भारतीय फिल्म ‘पुष्पा’मा खलपात्रको रोल गरिसकेका सुनिल बर्मा रहनेछन् । यसैगरी ‘गजनी’ फेम्ड अभिनेता प्रदीपराज रावत र १३ वर्षपछि नेपाली फिल्ममा कमब्याक गर्ने तयारीमा रहेकी अभिनेत्री विपना थापाको पनि फिल्ममा मुख्य भूमिका हुनेछ ।

भारतीय सिनेम्याटोग्राफर कवीरलालले छायांकन गर्ने फिल्ममा कलाकारको लाइनअप बलियो देखिएको छ । फिल्मलाई नेपालको चितवन र देवघाटसहित भारतको बनारस र लखनऊमा समेत छायांकन गर्ने तयारी छ । चार करोड रुपैयाँभन्दा बढी बजेट तय गरिएको फिल्मले युवायुवतीको प्रेम र जीवनको कथा पेस गर्छ ।

विवाहअघि नै हरिहर र नीताले फिल्म ह्रस्वदीर्घ निर्माणको घोषणा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?